Kathmandu
आगामि मसिंर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिँकिदै गर्दा नेकपा एकिकृत समाजबादि पार्टि छाडेर नेकपा एमाले मै फर्कने नेता तथा कार्यकर्ताको सङख्यामा निकै बृद्दि आएको छ ।
आउँदो निर्वाचनमा २० लाख समानुपातिक मत ल्याउने घोषणा गरेका अध्यक्ष माधब नेपालले अन्य पार्टिका नेता कार्यकर्ता भित्राउनु त परकै कुरा आफ्नै नेता कार्यकर्ता पनि पार्टिमै राख्न सकेका छैनन् ।
पछिल्लो समय पार्टि प्रचण्ड तथा देउवाको पछाडि परेको भन्दै कार्यकर्ताले पार्टि छाड्न थालेका छन् ।
पार्टी गठन भएको १ वर्षमै एस पार्टीलाई कार्यकर्ता जोगाउन संकट आइलागेको छ । विभाजनमा ठूलो शक्ति पनि नआएको, सबै तहमा पार्टी कमिटी बनि नसकेको र जनाधार तयार भई नसकेको अवस्थामा एकीकृत समाजवादीका लागि आउँदो निर्वाचन कठिन परीक्षा हुने देखिएको छ ।
नेकपा एकीकृत समाजवादी (एस) पार्टीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं आइतवार एमालेमै फर्किए ।
गत हप्ता नेकपा एस गुल्मीको नेतृत्व नै एमालेमा समाहित भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा पार्टी एकता घोषणा नै गरी २ जना केन्द्रीय सदस्य गणेश खनाल र
नरेश भण्डारीसहित जिल्ला नेतृत्वले एमालेसँग एकता घोषणा गर्यो । पार्टीमा खनाल जिल्ला इन्चार्ज र भण्डारी अध्यक्ष थिए ।
पाल्पा, अर्घाखाँची, बाँकेमा पनि पार्टी छाड्ने क्रम जारी छ । पार्टीमा लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू महासचिव बेदुराम भुसाल, सचिव रामकुमारी झाँक्री, पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डे, अर्का नेता मेटमणि चौधरी, हिराचन्द्र केसी यसै प्रदेशका नेता हुन् । source: otvnepal
प्रकाशित मिति २०७९ भदौ २९ गते बुधबार ०५:१६