काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अवैध संरचनामा डोजर चलाएदेखि महानगरसँग एमालेका चर्चित युवा नेता एवम् पूर्वमन्त्री महेश बस्नेत बिच्किएका छन् ‘।
नेता बस्नेतले महान चाडपर्वको मुखैमा महानगरले जनताको विचल्ली पारेको भन्दै फुटपाथ व्यापारी देखि महानगरको डोजर मिसनमा परेकाहरुलाई उचालिरहेका हुन् ।
बस्नेतको यो कदमपछि महानगरविरुद्ध आन्दोलनको घोषणा भएको छ । ‘नेकपा एमालेका सांसद समेत रहेका बस्नेतले काठमाण्डौं महानगर पालिकाले मापदण्ड मिचेको जमिन खाली गराउने नाममा उचित समय र क्षतिपूर्ति नदिई चाडपर्वको मुखमा लाखौं व्यावसायीको बिचल्ली बनाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले दशैंको मुखमा महानगरपालिकाले लाखौं व्यावसायीहरुलाई रुवाबासी र बिचल्ली पार्ने काम गरेकाले उनीहरुलाई उचिता क्षतिपूर्ति दिन र यस्तो कार्य रोक्न माग गरेका छन् ।
उनले भने, “महानगरले मापदण्ड मिचेको जमिन खाली गर्ने सन्दर्भमा समय उचित विकल्प र क्षतिपूर्ति नदिकन दशैंको मुखमा लाखौं व्यवसायीहरुलाई रुवाबासि विचल्ली गर्ने काम भईरहेको छ ।’ त्यसको लागि समय क्षतिपूर्ति र विकल्प दिनुपर्छ भन्ने मेरो माग छ ।
उनले बैठकमा केही बौद्धिक अराजकताबादी शक्तिहरु, केही अभियान्ता केही स्वतन्त्रकर्मीहरु र सञ्चारकर्मीहरु मिलेर सोसल मिडियाको दुरुपयोग गर्दै पार्टी व्यवस्थालाई विथोल्ने र
नेता कार्यकर्तालाई बदनाम गर्ने गरेकोे उल्लेख गर्दै यस्तो कार्य रोक्न सरकारसँग माग राखेका छन् । उनले त्यस्ता तत्वहरु अन्तराष्ट्रिय मिसनबाट परिचालित भएको समेत दाबी गरे ।
यस्तै बालेनलाई भोली नै अप्ठ्यारो पर्ने संकेत देखिएको छ । ‘काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ । ‘महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो’ ।
संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने छन् ‘।
जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने संघले जनाएको छ ।
महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै संघलको आन्दोलन गर्ने भएको हो ।’ काठमाडौं महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् ।
काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनाधिकृतरूपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् । praharnews
प्रकाशित मिति २०७९ भदौ ३० गते बिहिबार ०३:४३