यी हुन् चोलेन्द्रले घुस खाएर फैसला गरेका मुद्धाहरु

यी हुन् चोलेन्द्रले घुस खाएर फैसला गरेका मुद्धाहरु

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ३१ गते शुक्रबार १०:१५

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले घुस खाएर धेरै मुद्दा फैसला गर्ने गरेको खुलासा भएको छ । जबराले घुसबीन फैसला नगर्ने थिति बसालेको वरिष्ठ अधिवक्ता शम्भु थापाले खुलासा गरेका हुन् । बिहीबार महाभियोग सिफारिस...

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले घुस खाएर धेरै मुद्दा फैसला गर्ने गरेको खुलासा भएको छ । जबराले घुसबीन फैसला नगर्ने थिति बसालेको वरिष्ठ अधिवक्ता शम्भु थापाले खुलासा गरेका हुन् ।

बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा बोल्दै थापाले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा चोलेन्द्रले घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाए ।

छलफलमा सहभागी भएका थापाले भने– ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद घट्छ ? त्यहाँ पैसादेखि बाहेक अरु होला त ? आज त्यो त मेरो गल्ती भयो भनेर हुन्छ ? घुस नखाएको भए यस्तो फैसला हुने थिएन ।’

चोलेन्द्रले अन्य मुद्दाको फैसलामा पनि घुस खाएको थापाले आरोप लगाएका छन् । क्यासिनोका कर विवाद, एनसेलको कर प्रकरण लगायत मुद्दामा चोलेन्द्रले अनियमितता गरेको थापाको भनाइ रहेको छ

टुकुचाको ‘सुरक्षा’ बालेनले गरे, बालेनको ‘सुरक्षा’ कसले गर्छ ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बर्षौदेखि हराएको टुकुचा खोला भेटाएका छन् । नारायणहिटी दरबारको आगनबाट बाहिरि निक्लिएको टुकुचा जयनेपाल हलबाट काठमाडौँ मलसम्म गायव पारिएको थिए । बिहीबार जय नेपाल हलको आँगनमा उत्खनन गर्दा खोला भेटियो ।

हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको छ । तर, खोलामाथि यति ठूला–ठूला भवन बनेका छन् की खोला भेट्टाउन भवन भत्काउन पर्छ ।

निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल–कल बगिरहेकै छ । तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजानजिक आउनुपर्छ ।

विहीबार जय नेपाल हलको परिसरमुनि टुकुचा खोला भेटिंदा स्थानीय वासिन्दा नै अचम्मा परे । टुुकुचालाई गहिरो खाल्डोमा ईंटाको डोलो पाइप बनाएर बगाएको भेटिंदा हेर्नेका भीड लाग्यो ।

दशकौं अगाडि हराएको टुकुचा खोलाको कहिले र कसले अतिक्रमण पर्‍यो भन्नेबारे सरकार र महानगर, नापी विभाग अनभिज्ञ छ । खोलामाथिको जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता छन् । उनीहरुसँग लालपूर्जा छ ।

उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी खोला छ भन्ने देख्दा देख्दै त्यसमाथि नापी गर्नु नै नापी विभागको गम्भीर त्रुटिर र लापरवाही भएको बताउँछन् । ‘शीरतर्फ पनि खोला छ, पुछारतर्फ पनि खोला छ, बीचमा खोला छैन भन्ने पनि हुन्छ ?’ उनी भन्छन्, ‘त्यसमाथि नै भवन बनाउन दिएर विगतमा महानगरपालिकाले पनि गल्ती गरेको हो ।’

तर, महानगरपालिका भने टुकुचामाथि बनेका र तोकिएको सेट(ब्याक नछोडिएका कुनै पनि घरको नक्सा पास नभएको दाबी गर्छ । महानगरका एक अधिकारीका अनुसार २०३३ सालमा यस क्षेत्रमा नापी भएको रहेछ । त्यतिबेला नै यो क्षेत्रमा खोला क्षेत्र कायम गरिएको थिएन । यसले गर्दा यहाँको जग्गा व्यक्तिको नाममा दर्ता हुँदै किनबेच भएको भेटिएको छ ।

प्रकाशित मिति २०७९ भदौ ३१ गते शुक्रबार १०:१५
प्रतिक्रियाहरु