गगन थापाबारे उनकै निजी निवासबाट आयो अत्यन्तै दुखद खबर

गगन थापाबारे उनकै निजी निवासबाट आयो अत्यन्तै दुखद खबर

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ३१ गते शुक्रबार ०९:०१

काठमाडौं। बिहीबारदेखि ज्वरो बाट थलिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। सचिवालयका एक सदस्यले भने, ‘ज्वरो आएको छ। उहाँ घरमै आराम गरिरहनुभएको छ। ‘ थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी...

काठमाडौं।

बिहीबारदेखि ज्वरो बाट थलिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ।

सचिवालयका एक सदस्यले भने, ‘ज्वरो आएको छ। उहाँ घरमै आराम गरिरहनुभएको छ। ‘ थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको हो। पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगु संक्रमण निरन्तर बढिरहेको छ।थापा अहिले घरमै आराम गरिरहेका छन् ।

बाबुराम भट्टराईलाई बालेनको काउन्टर जवाफ
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फुटपाथ व्यवस्थित गर्न दिएको सुझाव प्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सन्जालबाटै काउन्टर जवाफ फर्काएका छन् ।

आज बिहान सामाजिक संजाल मार्फत डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने माग राखेका थिए। उनले लेखेका छन्,

‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउककमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ र समय तोकेर तीनको व्यवस्थापन गर्नैपर्छ ।’

त्यस सम्बन्धी समाचार भट्टराईले सामाजी संजाल फेसबुकमा सेयर गरेका थिए । उक्त पोष्टमा बालेनले आफ्नो जवाफ फर्काएका छन्।
बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन , ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।

जिउदो शहिद पाल्पा कांग्रेसका नेता विजयराज घिमिरेको निधन

नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ ।
उनको गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए ।

वि।सं। २०२५ सालमा जन्मिएका घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको नेपाली कांग्रेसले जनाएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

जनआन्दोलनका जिउदो सहिदको उपमा पाएका घिमिरेको निधनप्रति नेपाली कांग्रेस लगायत अन्य पार्टीका नेता कार्यकर्ताहरूले समेत समवेदना ब्यक्त गरेका छन् । source: dainiknewsnepal

प्रकाशित मिति २०७९ भदौ ३१ गते शुक्रबार ०९:०१
प्रतिक्रियाहरु