Breaking News -बालेन, हर्क र रेणु सहितका मेयरको पद खारेज हुने !

Breaking News -बालेन, हर्क र रेणु सहितका मेयरको पद खारेज हुने !

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १ गते शनिवार १२:३९

काठमाडौँ । काठमाडौँ महानगरका मेयरको उम्मेद्धवार बने लगत्तैबाट चर्चामा आएका बालेन्द्र शाह मेयर बनेपछि थप चर्चामा छन् । मेयर बालेन पछिल्ला दिनमा डोजर मेयरको उपनामले चर्चित बनिरहेका बेला निर्वाचन आयोगले उनलाई साढे ७ लाख जरिवाना...

काठमाडौँ । काठमाडौँ महानगरका मेयरको उम्मेद्धवार बने लगत्तैबाट चर्चामा आएका बालेन्द्र शाह मेयर बनेपछि थप चर्चामा छन् ।

मेयर बालेन पछिल्ला दिनमा डोजर मेयरको उपनामले चर्चित बनिरहेका बेला निर्वाचन आयोगले उनलाई साढे ७ लाख जरिवाना तिराउने भएको छ । कारण हो निर्वाचन खर्च समयमा नै नबुझाउन् ।

काठमाडौं महानगरका प्रमुख शाहले ३० दिनभन्दा पछि खर्च विवरण पेस गरेको भन्दै आयोगले बालेन शाहलाई सो रकम जरिवाना तिराउने निर्णय गरेको हो । त्यस्तै भरतपुर महानगरकी मेयर रेणु दाहालले पनि साढे ७ लाख बुझाउनुपर्ने भएको छ धरानका मेयर हर्क साम्पांगले ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ ।

आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवनासहित कारबाही गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरिएको हो ।

प्रकाशित मिति २०७९ असोज १ गते शनिवार १२:३९
प्रतिक्रियाहरु