काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पापी मान्छे’को संज्ञा दिएका छन् ।आइतबार योहो टेलिभिजनमा जीवराम भण्डारीसँग ‘सत्य संवाद’मा कुरा...
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पापी मान्छे’को संज्ञा दिएका छन् ।आइतबार योहो टेलिभिजनमा जीवराम भण्डारीसँग ‘सत्य संवाद’मा कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।
उनले आफूहरूले प्रधानमन्त्री ओलीलाई बेलैमा सुधार्न नसकेको समेत टिप्पणी गरे । प्रधानमन्त्री ओलीले आफूहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए।
उनले गृहमन्त्री रामबहादुर थापा बादल केही समयपछि आफ्नो समूहमा फर्किने आशा व्यक्त गरे ।यस्तै पछिल्लो राजनीतिक घटनाक्रमको आफूले नैतिक जिम्मेवारी लिने उनले बताए । उनले आफूहरूबाट पनि केही कमि कमजोरी भएको स्वीकारे ।
लोकतन्त्र र शान्तिका निम्ति कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य रहने तर्क गर्दै उनले आफू प्रधानमन्त्री नबन्ने दाबी गरे । उनले भने,लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस सभापति देउवालाई नेतृत्व लिनुस् भनिसकेका छौँ ।पछिल्ला क्रियाकलापले ओलीको चाँडै पतन ‘निश्चित’ भएको उनले बताए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७