काठमाडौं ।
चोलेन्द्रले आजै सर्वोच्च फर्किने भनेपछि देउवा सरकार पनि एक्सनमा उत्रिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् ।
उनीविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा लागेका हुन् ।
आफूमाथि छानबिन गरिरहेको संसदको आयु नै गएरातिदेखि सकिएको हुँदा महाअभियोग स्वतस् निष्क्रिय भएकाले राणाले फर्किने जानकारी सर्वोच्च प्रशासनलाई गराइसकेको उनीनिकट स्रोतले बताएको छ ।
यद्यपि सरकारले प्रहरी लगाएर उनलाई रोक्ने प्रयासमा लागेको छ । उनको निलम्बन फुकुवा नभएको भन्दै हड्ताली वकिल र सर्वोच्चका केही न्यायाधीश गेटैमा छेक्ने तयारी गरिरहेका छन् ।
निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट सर्वोच्च अदालत फर्कने भएका छन् । उनी ११ बजे छिरिसक्ने उनी निकट स्रोतले बताएको हो । आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने जनाए ।
उनले अदालत छिर्ने तयारी गरेपछि गठबन्धनका नेताहरु ठूलो तनावमा छन् । जबरामाथि सत्तापक्षका ९८ जना सांसदले महाभियोग दर्ता गरेका थिए । लामो समयसम्म उक्त प्रस्ताव त्यतिकै राखेर हालै अघि बढाईएको थियो । हिजो राति १२ बजेबाट संसद्को कार्यकाल पनि समाप्त भएको छ ।
महाभियोग सिफारिश समितिले भने हिजो राति ढिलैगरि भएपनि सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो । समितिमा रहेका एमाले र लोसपाका सदस्यहरुले भने फरक मत राखेका छन् ।
उसो त यता जोतिषलेले ४ गते फर्किदा शुभ हुने सल्लाह दिएपछि राणा उनले मंगलबार हाजिर हुने जनाउ सर्वोच्च प्रशासनलाई दिएका उनी निकट अर्को स्रोतले भन्यो। राणाले फर्किने सन्देश पठाएपछि सर्वोच्च प्रशासन अन्योलमा परेको छ।
Source-galaxykhabar
प्रकाशित मिति २०७९ असोज २ गते आईतबार ०९:५६