काठमाडौँ –
आगामी मंसिर ४ गते प्रतिनिभिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लागि राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत गतिविधि गर्न थालिसकेका छन् ।
ठूला दलका ठूला नेताहरुले आफूलाई सुरक्षित राख्नका लागि राम्रो जनाधार भएको निर्वाचन क्षेत्र खोजिरहेका छन् । सुरक्षित निर्वाचन क्षेत्र खोज्ने नेताहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) पहिलो नम्बरमा आउँछन् ।
प्रचण्ड विभिन्न जिल्लाका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको निर्वाचनमा लागि सिफारिस भएका छन् । उनी चितवन ३, नवलपरासी (पूर्व), गोर्खा २ लगाायतका निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका छन् । अन्यत्र जहाँबाट सिफारिस भएपनि प्रचण्ड चितवन ३ बाटै लड्ने मनस्थितिमा छन् ।
उक्त क्षेत्रबाट राम्रो जनाधार भएको नेकपा एमालेले हेविवेट उम्मेदवार उठाउने तयारी गरेको छ । प्रचण्डलाई प्रतिनिधिसभामा प्रबेश हुनबाट रोक्ने नेकपा एमालेले पूर्वमाओवादी नेता रामबहादुर थापा (बादल)लाई टिकट दिने तयारी गरेको छ ।
नेकपा एमालेले चितवन ३ बाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई उठाउने तयरी गरेको छ । बादल पनि चितवन ३ बाटै निर्वाचन लड्ने मनोसयमा छन् ।
एमालेले चितवन–३ मा बादललाई टिकट दिए प्रचण्डसँग भिडन्त हुने देखिन्छ । ‘प्रचण्ड र बादल युद्धकालीन नेता हुन् ।उनीहरु दुई नेता निर्वाचनमा होमिएको खण्डमा चितवनको निर्वाचन रोचक बन्ने छ ।
निर्वाचन आयोगमा लौरो चुनाव चिह्न खारेज गर्न माग
दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो ।
काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा गरेका सुनिल रिजाल र ५ का विजय कँडेलले आयोगमा दिएको निवेदनमा भनिएको छ,
यदि पार्टी दर्ता गर्दा स्वतन्त्रहरुको साझा चुनाव चिह्न भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिह्न स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम सिजर्नना गर्ने कार्य भइरहेको हुँदा उक्त चिह्न खारेजीको माग गर्दछु ।’हाम्रो नेपाली पार्टीलाई नयाँ चुनाव चिह्न दिनुपर्ने उनीहरुको माग छ ।
प्रकाशित मिति २०७९ असोज ३ गते सोमबार ०८:४४