Kathmandu
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चोलेन्द्र शमशेर जबरालाई साथ दिएकी छिन् । परमादेशबाट बनेको सरकारले राणालाई दिएको सेवा सुविधा खोसेको बेला उनलाई प्रधानन्यायाधिशकै
हैसियतमा राष्ट्रपति भण्डारीले शितल निवासमा निम्ता गरेकी छन् । यो बिषयले राजनितिक वृतमा ठूलो तरंग गएको छ ।
चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले निम्ता पठाएकी छन्। राणाको हैसियतका बिषयमा प्रश्न उठिरहेका बेला राष्ट्रपति भण्डारीको यो कदमले सबैलाई चकित पारेको छ।
चोलेन्द्रशमशेर राणाको हैसियतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच फरक मत देखिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जान रोक लगाएका बेला राष्ट्रपति भण्डारीले भने उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता गरेकी छन्।
राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधान न्यायाधीशका हैसियतमा निम्ता गरेकी हुन्।
राणामाथिको महाअभियोग सिफारिस संसद्को कार्यकाल सकिएका कारण अलपत्र परेका बेला राष्ट्रपति भण्डारीले संविधान दिवसको कार्यक्रममा राणालाई प्रधान न्यायाधीशकै हैसियतमा निमन्त्रणा पठाएकी हुन्।
उता सरकारले भने राणाका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता लगिसकेको छ।राणाले आइतबार सर्वोच्च अदालत जाने तयारी गरेपछि सरकारले उनको निवासको बाहिरभित्र बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्दै उनलाई नजरबन्दमा राखेको छ।
प्रकाशित मिति २०७९ असोज ३ गते सोमबार ११:१७