आज मिति २०७७ माघ २६ गते सोमबार, इस्वीसंवत फरवरी ८ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ’ ।
सौरमान अनुसार आज माघकृष्णपक्षको द्धादशी तिथि रहनेछ । आज मूल नक्षत्र, विष्कुम्भादि योगमा हर्षण, करणमा कौलव, आनन्दादि योगमा लुम्व रहनेछ ‘।
सूर्य मकर राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २७ घटि ३१ पला अर्थात ११ घण्टा २ मिनेटको रहनेछ’ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ४८ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ४९ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज स्वास्थ्य राम्रो रहने छैन, विशेष व्यक्तिसंग झगडा हुन सक्नेछ, शरीरमा चोटपटक लाग्न सक्नेछ, मनमा नकारात्मक सोचाई पनि उव्जिनेछ, गरेका कामहरू पनि पूरा नहुने देखिन्छ’ ।
वृष : वृष राशि भएकाहरूका लागि आज सरकारी काममा बाधा आउनेछ, छोराछोरीसंग पनि विवाद हुन सक्नेछ, व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अव:था आउन सक्नेछ, आज खासगरी पूर्व र उत्तर दिशाको यात्रामा सतर्क हुनुपर्नेछ, शत्रु सक्रिय हुने दिन समेत रहेको छ ।
मिथुन : आज मिथुन राशि भएकाहरूका लागि टाढाबाट धन प्राप्तिको योग छ, मानसिक तथा शारीरिक आराम मिल्ने, परिवारका सदस्यको सहयोगमा यसअघिका अधुरा काम आज पूरा हुनेछ, नयाँ ठाउँको अवलोकन भ्रमण हुन सक्नेछ, राजनीतिमा रुचि बढ्नेछ’ ।
कर्कट : आज कर्कट राशिका लागि शत्रु, विरोधी तथा विपक्षीमाथि विजयी हुने योग छ, आफन्तले सक्रिय सहयोग गर्न सक्नेछन्, धन लाभ, स्वास्थ्य अत्यन्तै राम्रो र सबल रहने, घरमा नयाँ व्यक्तिको आगमन, अध्ययनमा अभिरुचि बढ्ने योग रहेको छ ‘।
सिंह : आज सिंह राशि भएकाहरूको लागि गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ, यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अव:था आउन सक्छ, मन अशान्त हुने, पेट रोगले समेत सताउन सक्नेछ, सतर्क भएर अघि बढ्नुहोला’ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज आफन्तसंग झगडा पर्न सक्ने, काममा विघ्न बाधा आइलाग्ने, पेट तथा कम्मर दुख्ने सम:याले सताउन सक्ने, चिन्तापर्ने खबर सुन्नुपर्ने अव:था पनि नआउला भन्न सकिन्न, दिन खराब छ सतर्क हुनुहोला’ ।
तुला : तुला राशि भएकाहरूका लागि दिन शुभ छ, सबै प्रकारको काममा सफलता र लाभ हासिल हुन सक्नेछ, नयाँ कामको थालनी पनि आजबाटै गर्दा राम्रो हुनेछ, मनमा सहयोगी भावना पलाउनेछ, धार्मिक काममा पनि सक्रियता बढ्न सक्ने देखिन्छ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज दिन खराब छ, धनमाल हराउन सक्नेछ, स्वास्थ्यमा पनि सम:या आउन सक्नेछ, गरेका कामबाट जस नपाइने योग छ, मानसिक तनावकमा दिन बित्न सक्नेछ, यात्रामा विशेष सावधानी अपनाउदा राम्रो हुनेछ ‘।
धनु : धनु राशिका लागि आज दिन अत्यन्तै शुभ छ, स्वास्थ्य राम्रो रहनेछ, आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ, नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ, यात्रा सोचेअनुरुपकै सफल हुनेछ, शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने योग देखिन्छ’ ।
मकर : मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन, आफन्तले नै धोका दिन सक्नेछन्, पेशाबाट तनाव हुन सक्ने, आम्दानी घट्ने, परिवारमा अशान्ति, अनावश्यक खर्च बढ्ने योग देखिन्छ, आफ्नो काम सतर्क भएर गर्नुहोला’ ।
कुम्भ : कुम्भ राशिका लागि आज समय शुभ छ, सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् ‘।
मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ, गर्न खोजेका काम अधुरा, आफन्तले कुरा काट्ने, व्यापारमा मन्दी आउने, स्वास्थ्य पनि भरपर्दो नहुने योग देखिन्छ तर धार्मिक कार्यमा सफलता, यात्रा सफल हुनेछ’ ।
प्रकाशित मिति २०७७ माघ २६ गते सोमबार ०८:१०