काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला खम्बाझै प्रमुख प्रतिपक्षी नेकपा एमालेको पक्षमा उभिएका छन् । कोइरालाले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बताएका हुन् ।
विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरुसँग यस्तो दावी गरेका हुन् । नेता कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ ।
जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ ।’
नेता कोइरालाले सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेको आरोप लगाउँदै भने, ‘सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।
यो मानव अधिकारको समेत उल्लंघन हो ।’ उनले महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत भएको समेत बताए ।
उनी चुनावी अभियानका क्रममा आइतबार गृहजिल्ला मोरङ आइपुगेका हुन् । एमालेले पनि चोलेन्द्रमाथि लगाईएको महाभियोग एक्सपायर भएको बताउदै आएको छ ।
Source-galaxykhabar
प्रकाशित मिति २०७९ असोज १० गते सोमबार ०६:४७