शेखर कोइराला खम्बाझै एमालेको पक्षमा उभिए पछि गयो देउवाको सात्तो

शेखर कोइराला खम्बाझै  एमालेको पक्षमा उभिए पछि गयो देउवाको सात्तो

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १० गते सोमबार ०६:४७

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला खम्बाझै प्रमुख प्रतिपक्षी नेकपा एमालेको पक्षमा उभिएका छन् । कोइरालाले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बताएका हुन्...

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला खम्बाझै प्रमुख प्रतिपक्षी नेकपा एमालेको पक्षमा उभिएका छन् । कोइरालाले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बताएका हुन् ।

विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरुसँग यस्तो दावी गरेका हुन् । नेता कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ ।

जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ ।’

नेता कोइरालाले सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेको आरोप लगाउँदै भने, ‘सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।

यो मानव अधिकारको समेत उल्लंघन हो ।’ उनले महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत भएको समेत बताए ।

उनी चुनावी अभियानका क्रममा आइतबार गृहजिल्ला मोरङ आइपुगेका हुन् । एमालेले पनि चोलेन्द्रमाथि लगाईएको महाभियोग एक्सपायर भएको बताउदै आएको छ ।

Source-galaxykhabar

प्रकाशित मिति २०७९ असोज १० गते सोमबार ०६:४७
प्रतिक्रियाहरु