उपेन्द्र यादवले आफ्नो खुट्टा आफैले बन्चरो हाने, आफैले लिएको आत्मघाती निर्णयले पत्तासाफ हुने निश्चित

उपेन्द्र यादवले आफ्नो खुट्टा आफैले बन्चरो हाने, आफैले लिएको आत्मघाती निर्णयले पत्तासाफ हुने निश्चित

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ८ गते मङ्गलबार ०५:१४

Kathmandu जसपालाई सत्ता गठबन्धनबाट अलग्याएर प्रतिपक्षी नेकपा एमालेको शरणमा पुर्याएका अध्यक्ष उपेन्द्र यादव पछुताएका छन् । कम सीट पाएको भनेर सत्ता गठबन्धन छोडेर मधेसविरोधी भनेर हिजो सत्तोसराप गरेको एमालेसँग अप्राकृतिक गठबन्धन...

Kathmandu

जसपालाई सत्ता गठबन्धनबाट अलग्याएर प्रतिपक्षी नेकपा एमालेको शरणमा पुर्याएका अध्यक्ष उपेन्द्र यादव पछुताएका छन् । कम सीट पाएको भनेर

सत्ता गठबन्धन छोडेर मधेसविरोधी भनेर हिजो सत्तोसराप गरेको एमालेसँग अप्राकृतिक गठबन्धन गरेका उपेन्द्रलाई अहिले त्यो निर्णय आत्मघाती लागेको हो ।

किनकि जसपाका आधिकारिक उम्मेदवारविरुद्ध धमाधम एमालेका बागी खडा भएका छन् । बागीलाई फिर्ता गराउन र कारवाहीमा एमालेले कुनै कदम चालेको छैन ।

उपेन्द्र विकल्पविहीन अवस्थामा पुगेका छन् । पछाडि फर्किनलाई सत्ता गठबन्धन छैन । अगाडि एमालेले घात गरिसकेको छ । उम्मेदवारी दर्ता भइ चुनाव प्रक्रिया अगाडि बढिसकेको छ ।

एमालेको रणनीति सहेर जानुपर्ने अवस्था आइलागेको छ । यसले स्यवं उपेन्द्रमात्र होइन उनको पार्टी नै पत्ता साफ हुने खतरा देखिएको छ ।

जो सँग तालमेल गरेको हो उसकै बागी हुँदा यो सम्भावना अधिक छ ।एमालेका बागीले उपेन्द्र, संघीय परिषद अध्यक्ष अशोक राई पनि डेन्जर जोनमा परेका छन् ।

उपेन्द्रले सत्ता गठबन्धन छोड्दा हामीलाई कम सीट दिएर सिध्याउने षडयन्त्र गरेको आरोप लगाएका थिए । तर अहिले ओलीको एमालेले

धेरै सीटमा तालमेल गरेर बागी उठाएर पत्तासाफ नै हुने स्थितिमा पुर्याउँदा पनि बोल्न सकेका छैन । चुनावमा असर हुने भनेर मौनरुपमा सहेर बसेका छन् ।

 

प्रकाशित मिति २०७९ कार्तिक ८ गते मङ्गलबार ०५:१४
प्रतिक्रियाहरु