Kathmandu
जसपालाई सत्ता गठबन्धनबाट अलग्याएर प्रतिपक्षी नेकपा एमालेको शरणमा पुर्याएका अध्यक्ष उपेन्द्र यादव पछुताएका छन् । कम सीट पाएको भनेर
सत्ता गठबन्धन छोडेर मधेसविरोधी भनेर हिजो सत्तोसराप गरेको एमालेसँग अप्राकृतिक गठबन्धन गरेका उपेन्द्रलाई अहिले त्यो निर्णय आत्मघाती लागेको हो ।
किनकि जसपाका आधिकारिक उम्मेदवारविरुद्ध धमाधम एमालेका बागी खडा भएका छन् । बागीलाई फिर्ता गराउन र कारवाहीमा एमालेले कुनै कदम चालेको छैन ।
उपेन्द्र विकल्पविहीन अवस्थामा पुगेका छन् । पछाडि फर्किनलाई सत्ता गठबन्धन छैन । अगाडि एमालेले घात गरिसकेको छ । उम्मेदवारी दर्ता भइ चुनाव प्रक्रिया अगाडि बढिसकेको छ ।
एमालेको रणनीति सहेर जानुपर्ने अवस्था आइलागेको छ । यसले स्यवं उपेन्द्रमात्र होइन उनको पार्टी नै पत्ता साफ हुने खतरा देखिएको छ ।
जो सँग तालमेल गरेको हो उसकै बागी हुँदा यो सम्भावना अधिक छ ।एमालेका बागीले उपेन्द्र, संघीय परिषद अध्यक्ष अशोक राई पनि डेन्जर जोनमा परेका छन् ।
उपेन्द्रले सत्ता गठबन्धन छोड्दा हामीलाई कम सीट दिएर सिध्याउने षडयन्त्र गरेको आरोप लगाएका थिए । तर अहिले ओलीको एमालेले
धेरै सीटमा तालमेल गरेर बागी उठाएर पत्तासाफ नै हुने स्थितिमा पुर्याउँदा पनि बोल्न सकेका छैन । चुनावमा असर हुने भनेर मौनरुपमा सहेर बसेका छन् ।
प्रकाशित मिति २०७९ कार्तिक ८ गते मङ्गलबार ०५:१४