चर्चित गयिका जेरि सम्पर्क बिहिन, जेरिले डिभोर्स नगर्ने छाट देखिए पछि शंकर रुदै मिडियामा

चर्चित गयिका जेरि सम्पर्क बिहिन, जेरिले डिभोर्स नगर्ने छाट देखिए पछि शंकर रुदै मिडियामा

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक १३ गते आईतबार ०९:५१

काठमाडौं । नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । 'सबैभन्दा पछिल्लो प्रकरण हो- प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको '। नेपालको लोकदोहोरी क्षेत्रमा...

काठमाडौं ।

नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । ‘सबैभन्दा पछिल्लो प्रकरण हो- प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ‘।

नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो ।’ तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः छ ।

पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र छन् । ‘जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्‍याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् ।

जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । ‘कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।

‘तर, शंकरको मन फर्किने सम्भावना न्यून छ’, स्रोतले भन्यो ।

काठमाडौं जिल्ला अदालतमा केही दिन अगाडि दायर मुद्दा सामान्य प्राविधिक कारणले मात्रै अड्किएको हो । उनीहरुलाई आइतबार मुद्दा टुंगो लगाउन अदालतले बोलाएको थियो । तर, त्यसदिन आफ्नो जन्मदिन परेकाले जेरी अदालत जान चाहिनन् । ‘सोमबारदेखि अदालतमा तिहारको बिदा भयो । अब आइतबारसम्म सार्वजनिक बिदा भएकाले सोमबारमात्रै अदालत खुल्नेछ ।

जेरी सोमबार पनि अदालत जाने सम्भावना कम रहेको स्रोत बताउँछ ।’ उनी अहिले श्रीमानको सम्पर्कमा छैनन् । श्रीमानसँग मात्र होइन, दुई-तीन दिनदेखि उनी कसैसँग पनि सम्पर्कमा छैनन् ।

आइतबार जुनकिरी दोहोरी क्लवमा श्रीमानसँगै जन्मदिन मनाएपछि उनी ‘सम्पर्कविहीन’ बनेकी हुन् । उनको फोन अफ छ भने सामाजिक सञ्जालमा पनि अफलाइन छिन् । उनले एउटा महत्वपूर्ण स्टेज कार्यक्रमसमेत रद्द गरिन् ।

शंकरको मन फर्किन्छ कि भन्ने प्रतीक्षामा नै जेरी केही दिन सम्पर्कविहीन बनेको स्रोतको अनुमान छ । तर, उनको चाहनाले मात्रै डिभोर्स टर्ने सम्भावना न्यून देखिन्छ ।’ डिभोर्स भएको दिन जेरीले सबै कुरा मिडियामा ल्याउने तयारी गरेकी छन् ।

जेरीले श्रीमानसँग सम्बन्धविच्छेद गर्दा उनको कुनै पनि सम्पत्तिमा दाबी गरेकी छैनन् । त्यसो त शंकरसँग आफ्नो नाममा उल्लेख्य प्रपर्टी पनि छैन । भएको केही सम्पत्ति उनले परिवारका सदस्यहरुको नाममा राखेका छन् । आफू उल्टै १५/२० लाख ऋणमा रहेको उनको दाबी छ ।

जेरी र शंकरले विवाहपछि जुनकिरी रोदी क्लव सञ्चालनमा ल्याएका थिए । यसमा जेरी र शंकरको ६० प्रतिशत (दुवैको ३०/३० प्रतिशत) लगानी छ भने अरु दुई शेयर होल्डरको ४०

प्रतिशत लगानी रहेको छ । शंकरको नाममा रहेको ३० प्रतिशत शेयर पनि जेरीकै पैसा भएको बताइन्छ । अब आफ्नो नाममा रहेको ३० प्रतिशत शेयर रकम लिएर जेरी उक्त क्लवबाट बाहिरिनेछिन् । त्यसपछि जुनकिरी रोदी क्लव शंकरले अन्य दुई शेयरहोल्डरसँग मिलेर सञ्चालन गर्नेछन् ।

जेरीले हालै आफ्नै व्यक्तिगत स्वामित्वमा नयाँ दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । उनले अब यसैलाई निरन्तरता दिनेछिन् । त्यसो त उनले एक अन्तर्वार्तामा डिभोर्सपछि विदेश पलायन हुने सोच बनाएको बताएकी थिइन्

यता शंकरको भने आफ्नै तयारी छ । ‘स्रोतका अनुसार जेरीसँग सम्बन्धविच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्न सक्छन् । अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ ।

शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ । पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने

शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ । पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ ।

यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।

प्रकाशित मिति २०७९ कार्तिक १३ गते आईतबार ०९:५१
प्रतिक्रियाहरु