कपिलबस्तु समाज सेवा परिषद युएईको बृहत् तिज धमाका -२०२५ भब्यताका साथ सम्पन्न भएको छ।

कपिलबस्तु समाज सेवा परिषद युएईको बृहत् तिज धमाका -२०२५ भब्यताका साथ सम्पन्न भएको छ।

छाँयापाटी

@छाँयापाटी

२०८२ भदौ १० गते मङ्गलबार १२:०७

"बुद्धको सन्देश, शान्तिको पहिचान - समृद्ध कपिलवस्तु, हाम्रो साझा अभियान!” भन्ने मुल नाराका साथ परदेशमा रहेका कपिलवस्तु बासी लाइ एक एकीकृत गरि आफ्ना जिल्ला बासीका लागी हरेक किसिम को सहयोग गर्ने भावनाले साथै राहत कोष निर्माणका लागि र नेपाली कला सस्कृतीको प्रवर्द्धन, संरक्षण र उत्थान गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको थियो

हिजो अगस्थ २४ तारिक आईतबारका दिन बर दुबई स्थित क्लब एभेरेस्ट याक एण्ड यति बर दुबई को हलमा कपिलबस्तु समाज सेवा परिषद युएईको आयोजनामा महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसर पारेर बृहत् तिज बिशेष सांगीतिक धमाका -२०२५ भब्यताका साथ सम्पन्न भएको छ जसमा नेपालि समाज युएइका महासचिव जीवन पंगेनी ज्यु प्रमुख आतिथ्यता,कपिलबस्तु समाज सेवा परिषद युएईका अध्यक्ष कृष्ण अधिकारीको सभाध्यक्ष, कार्यक्रम संयोजक शकुन्तला आचार्य ज्यु,बिशिस्ठ अतिथि नारायण प्रसादअधिकारी ज्यु तथा साथै विभिन्न सघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु को उपस्थिति मा परदेशमा रहेका परदेशी कलाकारहरुको बेजोड प्रस्तुतिमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ जसमा ४०० भन्दा बढि दर्शकहरुको उपस्थिति रहेको थियो र यस कार्यक्रम लाइ यसै सस्थाको महासचिव श्याम राज बेल्बासे ज्युले उद्घोसक गर्नु भएको थियो।


“बुद्धको सन्देश, शान्तिको पहिचान – समृद्ध कपिलवस्तु, हाम्रो साझा अभियान!” भन्ने मुल नाराका साथ परदेशमा रहेका कपिलवस्तु बासी लाइ एक एकीकृत गरि आफ्ना जिल्ला बासीका लागी हरेक किसिम को सहयोग गर्ने भावनाले साथै राहत कोष निर्माणका लागि र नेपाली कला सस्कृतीको प्रवर्द्धन, संरक्षण र उत्थान गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको थियो।


हिजो भएको तिज बिशेष सांगीतिक धमाका -२०२५ मा उपस्थिति जनाउनु भएका विभिन्न सघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु,युएइको कुना – कुना बाट पाल्नु भएका कलाकार तथा पत्रकार साथीहरु तथा युएइ भरि बाट हाम्रो कार्यक्रम को सोभा बढाउन यो गर्मि खादै पाल्नु भएका सम्पूर्ण दर्शक स्रोताहरु र हाम्रो कार्यक्रम सफल होस् भनि हामि लाइ स्पोन्सर मार्फत सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरुमा आभार प्रकट गर्द छौ र आगामी दिनमा नि यहि माया र साथ पाउने आशा पनि गर्द छौ। धन्यवाद

प्रकाशित मिति २०८२ भदौ १० गते मङ्गलबार १२:०७
प्रतिक्रियाहरु