दोहोरी कलाकार शंकर क्षेत्रीले श्रीमती बबिता बानियाँ (जेरी) सँग सम्बन्ध विच्छेद गर्ने आफ्नो चाहना नभएको बताएका छन्। उनले आफ्ना नराम्रा कुरा सुधार्छु भन्ने सहमति गरे आफू अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार रहेको शंकरको भनाइ...
दोहोरी कलाकार शंकर क्षेत्रीले श्रीमती बबिता बानियाँ (जेरी) सँग सम्बन्ध विच्छेद गर्ने आफ्नो चाहना नभएको बताएका छन्। उनले आफ्ना नराम्रा कुरा सुधार्छु भन्ने सहमति गरे आफू अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार रहेको शंकरको भनाइ छ।
युट्युब च्यानल ‘के छ नेपाल’का लागि गायिका अनिता चलाउनेलाई अन्तर्वार्ता दिँदै शंकरले अगाडि भनेका छन्, ‘तर, उहाँले त्यो (सुधार) गर्नुहुन्न। उहाँ कस्तो जञ्जालमा फस्नुभएको छ, मलाई थाहा छ।’
सञ्चारमाध्यममा जेरीले मिल्न चाहन्छु भनेर बनावटी कुरा गरेको आरोप शंकरले लगाएका छन्।शंकरले अन्तर्वार्तामा भनेका छन्, ‘मिल्न चाहन्छु भनेर बनावटी रूपमा मिडियामा बोल्नुभयो, त्यसमा मलाई खासै विश्वास लाग्दैन।’
उनले आफूले उनीसँग डिभोर्स गर्नपर्नाका धेरै आन्तरिक कारण भएको बताएका छन्। डिभोर्स पेपरमा साइन गरेको त्यो सबै कारण बताउने शंकरको भनाइ छ।
‘…धेरै आन्तरिक कारण छन्’, शंकरले भनेका छन्, ‘डिभोर्समा साइन भएको दिन मात्रै ती कुराहरु खोल्नेछु। प्रुफसहितका कारणहरु बताउनेछु।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७