काठमाडौ -: जेरी उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन छोटो समयमै अन्त्य हुदैछ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स प्रक्रिया अगाडि बढाएकी छन् ।
लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि...
काठमाडौ -: जेरी उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन छोटो समयमै अन्त्य हुदैछ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स प्रक्रिया अगाडि बढाएकी छन् ।
लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् ।उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।
तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकेन । काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीचको डिभोर्स केस चलिरहेको छ ।
हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । तर, केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन भन्यो ।अब उनीहरू आइतबार अदालत गएर औपचारिकरूपमा अलग हुने बताएका छन् । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् ।
डिभोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डिभोर्स फाइलमा उल्लेख छ । सम्पत्तिको बाँडफाँटको विषय भने प्रष्ट भएको छैन । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् ।
उनीहरू दुवै काठमाडौंमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । करिब एक महिनादेखि भने उनीहरू अलग-अलग बस्न थालेको स्रोतले बताएको छ ।
नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हिट छन् ।
कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।उनीहरू दुवैले मिलेर आफ्नै जुनकिरी दोहोरी साँझ सञ्चालन गरिरहेका थिए ।
त्यसको रेखदेख शंकरले गर्थे । श्रीमान्सँग विवाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् ।
केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् । स्रोतका अनुसार विवाह गरेदेखि नै उनीहरू एक-अर्काप्रति शंकालु हुन थालेका थिए ।। डिभोर्सको मुद्दा शंकरले दायर गरेका हुन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७