पहिलोपटक बबिता बानियाँ ‘जेरी’ संग सम्बन्धविच्छेदपछि बोले शंकर क्षेत्री, ‘मिल्न धेरै कोसिस गरेको हो तर…..

पहिलोपटक बबिता बानियाँ ‘जेरी’ संग सम्बन्धविच्छेदपछि बोले शंकर क्षेत्री, ‘मिल्न धेरै कोसिस गरेको हो तर…..

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक २६ गते शनिवार ०८:४४

काठमाडौं । जेरीको उक्त अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले असन्तुष्टि प्रकट गरेका छन् । उनले ‘जे हुनु भइसकेकाले मिडियामा रोएर बोल्न आवश्यक नरहेको’ बताए । सम्बन्धविच्छेदपछि आफूहरुको अदालतमा केही सहमतिहरु भएको गायक क्षेत्रीको...

काठमाडौं ।

जेरीको उक्त अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले असन्तुष्टि प्रकट गरेका छन् । उनले ‘जे हुनु भइसकेकाले मिडियामा रोएर बोल्न आवश्यक नरहेको’ बताए । सम्बन्धविच्छेदपछि आफूहरुको अदालतमा केही सहमतिहरु भएको गायक क्षेत्रीको भनाइ छ ।

उनी भन्छन्, ‘मिल्न धेरै कोसिस गरेको हो । तर, जति कोसिस गरे पनि नभएपछि के नै गर्न सकिन्छ र ? अदालतमा समझदारी भयो । बच्चाको लालनपालन, शिक्षा-दीक्षादेखि लिएर अंशसम्म दिने सबै मेरो भागमा परेको छ ।

बच्चाकोे उमेर सानो भएकाले आमासँग बस्नुपर्ने आदेश आयो ।’ उनले सत्यतथ्य नबुझी आफू र जेरीको बारेमा सुनेका भरमा समाचारहरु नलेखिदिनसमेत अनुरोध गरेका छन् ।

सम्बन्धविच्छेद गरेर निस्किसकेपछि मनमा के कुराहरु आए ? भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘त्यस्तो केही छैन । मात्र यति भन्न चाहन्छु कि सम्बन्धविच्छेद भइसकेपछि पनि अनावश्यक कुराहरु मिडियामा रुँदै बोल्न जरुरी छैन ।

उहाँहरु कति नाटक गरेर बोलिरहनुभएको छ । मैले हेरिरहेको छु । आज पनि एउटा अन्तर्वार्ता दिनुभएको रहेछ । नहुने कुरा भइसक्यो । अब यो कुरामा डिस्कस गरेर केही फाइदा छैन ।

जेरी र शंकरले हिजो काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेदका लागि जाँदा जेरीले आफ्नो विवाहको सिन्दूरले सिउँदो रंगाएकी थिइन् भने गलामा पोते र हातमा चुरा लगाएकी थिइन् ।

अबका दिनमा आफ्नो सिउँदो खाली हुने भएकाले अन्तिम पटकका लागि यो श्रृंगार गरेको उनले रुँदै बताइन् ।उनले वैवाहिक जीवन सुरुदेखि नै तिक्ततापूर्ण रहेको खुलासा गरिन् ।

उनले भनेकी छन् – एकदिन हाम्रो दोहोरीमा उहाँले डान्सर केटी लिएर आउनुभयो । उसको हाउभाउ र पारा हेरेपछि मलाई राख्नुहुँदैन भन्ने लागेको थियो । पहिले कसैले स्टाफ ल्याउँदा हामी चारैजना (लगानीकर्ता) को सहमतिविना राख्ने प्रचलन थिएन । तर, त्यो केटीलाई उहाँले राख्नैपर्ने जिद्दी गर्नुभयो ।

त्यसपछि म त विभिन्न प्रोग्राममा बिजी भएँ । यता ध्यान दिन पाइनँ । गोरखामा एक हप्ता दिनवन्धु पोखरेलसँग प्रोग्राममा गएको थिएँ । काठमाडौं आउँदा संसार उल्टिसकेको थियो । अर्कै किसिमको भइसकेको थियो ।मलाई साढे ७ वर्ष उहाँसँग रिलेसनमा हुँदा कहिल्यै एकपटक उपहार दिनुभएको छैन ।

उहाँले बर्थ डे सेलिब्रेट गरेको पनि अस्ति पहिलोपटक हो । तर, त्यो केटीको जन्मदिनमा केक आफैंले ल्याएर रुममा लगेर काट्नुभएछ । अनि त्यो केटीले ‘जेरीसँग डिभोर्स दिएर शंकरले मसँग विहे गर्छ’ भन्दै हिँडेकी रहिछ ।

मलाई दोहोरीका स्टाफले सबै कुरा सुनाए । त्यो केटीसँग नजिक भएपछि उहाँले मलाई थप बेवास्ता र तिरस्कार गर्न थाल्नुभयो ।

विभिन्न अपशब्द बोलेर गालीगलौज गर्नुहुन्थ्यो । पोहोरको क्रिसमस इभको दिन तपाईंको यस्तो–यस्तो छ भन्ने हल्ला सुनेको छु, के हो कुरा भनेर सोधें । कि त्यो केटीलाई निकाल्नुपर्छ, होइन भने म तपाईंलाई छोड्छु भनें । त्यसपछि झगडा गर्नुभयो । मलाई हात छोड्नुभो ।

प्रकाशित मिति २०७९ कार्तिक २६ गते शनिवार ०८:४४
प्रतिक्रियाहरु