चितवन बिहानी अपडेट: रवि लामिछानेले कति पुर्याए मत ?

चितवन बिहानी अपडेट: रवि लामिछानेले कति पुर्याए मत ?

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ८ गते बिहिबार ०७:५१

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा साढे २५ हजार मत अन्तरले अग्रता लिइरहेका छन्। यहाँ अहिलेसम्म ६९ हजार ५ सय ९९ मत गणना हुँदा लामिछानेले ३९ हजार २ सय १६ मत ल्याएका छन्। दोस्रो...

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा साढे २५ हजार मत अन्तरले अग्रता लिइरहेका छन्।

यहाँ अहिलेसम्म ६९ हजार ५ सय ९९ मत गणना हुँदा लामिछानेले ३९ हजार २ सय १६ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठको १३ हजार ५ सय ३ र तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलको १२ हजार ७ सय ७२ छ।

लामिछानेको मत कांग्रेस र एमालेको संयुक्त मतभन्दा बढी छ। दुवैको मत जोड्दा २६ हजार २ सय ७५ हुन्छ। लामिछाने आफ्ना निकट प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठभन्दा २५ हजार ७ सय १३ मतले अगाडि छन्।

उता, चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले अग्रता फराकिलो बनाएका छन् । पाण्डेले १९ हजार ९९७ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार भोजराज अधिकारीले ११ हजार २९५ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले ९ हजार ३१७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६ हजार ११७ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति २०७९ मङ्सिर ८ गते बिहिबार ०७:५१
प्रतिक्रियाहरु