चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा साढे २५ हजार मत अन्तरले अग्रता लिइरहेका छन्।
यहाँ अहिलेसम्म ६९ हजार ५ सय ९९ मत गणना हुँदा लामिछानेले ३९ हजार २ सय १६ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठको १३ हजार ५ सय ३ र तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलको १२ हजार ७ सय ७२ छ।
लामिछानेको मत कांग्रेस र एमालेको संयुक्त मतभन्दा बढी छ। दुवैको मत जोड्दा २६ हजार २ सय ७५ हुन्छ। लामिछाने आफ्ना निकट प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठभन्दा २५ हजार ७ सय १३ मतले अगाडि छन्।
उता, चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले अग्रता फराकिलो बनाएका छन् । पाण्डेले १९ हजार ९९७ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार भोजराज अधिकारीले ११ हजार २९५ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले ९ हजार ३१७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६ हजार ११७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति २०७९ मङ्सिर ८ गते बिहिबार ०७:५१