दोहोरीमा १० लाख भनेपछि कमला घिमिरे फसिन, कमलाले यस्तो गाउनु ठिक कि बेठिक कमेन्ट गर्नुस, सेर गर्नुस

दोहोरीमा १० लाख भनेपछि कमला घिमिरे फसिन, कमलाले यस्तो गाउनु ठिक कि बेठिक कमेन्ट गर्नुस, सेर गर्नुस

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस १ गते शुक्रबार ०१:१९

गायिका कमला घिमिरेको गीत विवादमा, समीक्षालाई चोट दिएको भन्दै आलोचना – ढकालले यस विषयमा कानुनी उपचार खोज्न समीक्षालाई समेत सुझाएका छन् । स्रष्टा नकुल ढकालले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् भनेर भनेका...

गायिका कमला घिमिरेको गीत विवादमा, समीक्षालाई चोट दिएको भन्दै आलोचना – ढकालले यस विषयमा कानुनी उपचार खोज्न समीक्षालाई समेत सुझाएका छन् । स्रष्टा नकुल ढकालले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् भनेर भनेका छन्

७ वर्षको उमेरमा लाइभ लोकदोहोरी गाएर चर्चा कमाएकी गायिका कमला घिमिरेको पछिल्लो लाइभ लोकदोहोरी ‘छहारी बजारमा’ विवादमा परेको छ ।

घिमिरेले गायक सुमन परियारसँग लाइभ दोहोरीको रुपमा गाएको उक्त गीतमा पछिल्लो समयका चर्चित दुई ठूला स्क्यान्डल मसलाको रुपमा प्रयोग गरिएको भन्दै आलोचना भइरहेको छ । छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक संचालमा भाइरल भइरहेका छन् ।

कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन्, भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् । कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिस्कारको माग गरेका छन् ।

समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको भन्दै गीतको आलोचना समेत भइरहेको छ । केहीले गायिका घिमिरेलाई समीक्षाले भोगेको जस्तो पिडा तिमिलाई नपरोस् भन्दै घिमिरेको आलोचना गरेका छन् ।

सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् ।

लोक गायक राजु ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन । डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली ।’

त्यस्तै गायिका जमुनले गीतका विषयमा गायिका कमलाको आलोचना गरेकी छन् । उनले लेखेकी छन् ‘कमला बहिनी कति छिटो ठुली भइन् । आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो ।’

अर्का लोक कलाकार नकुल ढकाल नवीनले लेखेका छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् समीक्षा गलत होलिन् तर उनी उमेरले नादान थिइन् ।

पल शाह त्यति माथि पुगेको मान्छेले कानुन नबुझ्नु पलको कमजोरी हो । पल र सन्दीपलाई जोड्न मिल्दैन । कहाँको पल अंकल उमेरको, कहाँको सन्दीप टीन एजको युवा ।’

ढकालले यस विषयमा कानुनी उपचार खोज्न समीक्षालाई समेत सुझाएका छन् । स्रष्टा नकुल ढकालले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् भनेर भनेका छन् ।’

लोक दोहोरी गायक रविन लामिछानेले दोहोरी मजाक नभएर हाम्रो संस्कृति भएको भन्दै गीत तर्फ ब्याङ्ग्य गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले किटान गरेर नभने पनि स्टाटस् लेखेका छन्, ‘अमर श्रष्टा कल्याण शेरचन दाइ भन्नुहुन्थ्यो – संगीत भनेको संगत हो । संगत भएन भने पनि संगीत वितरा पर्न सक्छ ।’

अमेरिकाले किन फर्काइदियो गायिका आस्था राउतलाई ?

चर्चित गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ । एक संगीतिक कार्यक्रमका लागि गत ८ तारिकमा अमेरिका उडेकी राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको हो ।

आस्था भिजिट भिाषामा अमेरिकाको कार्यक्रममा पुगेकी थिइन् । इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने र पफमेन्स भिषा लिएर प्रवेश गर्न भन्दै आस्थालाई फर्काएको हो ।

आफू अमेरिकाबाट फर्कनु टेक्निकल समस्या रहेको गायिका आस्थाले बताएकी छन् । ‘भिजिट भिषामा यस अगाडि म पटक–पटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो’, आस्थाले अगाडि भनिन्– ‘अहिले भने भिजिट भिषा हुँदैन, पफमेन्स भिषा चाहियो भनेर फर्कियो ।’ पहिले भन्दा अहिले अमेरिकाका नियम परिवर्तन भएको कारणले पनि आफूलाई फर्काएको हुन सक्ने आस्थाको धारणा रहेको छ ।

‘इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गरेर समस्या मिलाउनु समेत भनेका छन्’ आस्थाले थपिन् । गत डिसेम्बर १२ तारिकमा नेपाल फर्किएकी आस्था आफ्नो भिषाको बिषयमा अमेरिका दुतावास जान भने बाँकी रहेको छ ।

आस्था यस अगाडि ४ पटक अमेरिका कार्यक्रम गरेर फर्किसकेकी छन् । नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउतको ‘सालको पात टपरी’ उनको पहिलो चर्चित रिमिक्स (समायोजित) गीत हो । ‘झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन् ।

यो पनि, विवेक ओबेरोय पूर्व प्रेमिका ऐश्वर्याको बारेमा कुरा गर्न हिचकिचाए, भने – मेरो जीवनको त्यो चरण समाप्त भइसक्यो

कुनै समय ऐश्वर्या रायसँग सम्बन्धमा रहेका विवेक ओबेरोय अब यो सम्बन्धको बारेमा बोल्न चाहँदैनन् । हालै एक अन्तरवार्तामा विवेकलाई ऐश्वर्यासँगको सम्बन्धको बारेमा सोधिएको थियो, जसको विवेकले कुनै जवाफ दिन मानेनन् । किनभने विवेकको जीवनको त्यो अध्याय पूर्ण रूपमा बन्द भइसकेको छ ।

प्रकाशित मिति २०७९ पुस १ गते शुक्रबार ०१:१९
प्रतिक्रियाहरु