गल्ति नगरी झुक्दिन, गीत गाएको हो कुनै अपराध गरेकी छुइन – कमला घिमिरे (ठिक की बेठिक)

गल्ति नगरी झुक्दिन, गीत गाएको हो कुनै अपराध गरेकी छुइन – कमला घिमिरे (ठिक की बेठिक)

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस ४ गते सोमबार ०४:२९

काठमाडौं। ‘१० लाखको माया महँगो भयो नि, सोल्टी बजारमा’ लाइभ दोहोरी गीत विवादमा परेपछि बालगायिका कमला घिमिरेले माफी मागेकी छन्। सुमन परियारसँग मिलेर गाएको उक्त गीतलाई हटाउनुपर्नेभन्दै आलोचना भएपछि गायिकाले माफी मागेकी हुन्। गीतका...

काठमाडौं। ‘१० लाखको माया महँगो भयो नि, सोल्टी बजारमा’ लाइभ दोहोरी गीत विवादमा परेपछि बालगायिका कमला घिमिरेले माफी मागेकी छन्। सुमन परियारसँग मिलेर गाएको उक्त गीतलाई हटाउनुपर्नेभन्दै आलोचना भएपछि गायिकाले माफी मागेकी हुन्।

गीतका शब्द र टुक्का एक गायिकाको घटनामा मिलाइएको छ। अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पीडितले लगाएको आरोपका घटनासँग मिलेका छन्। त्यसप्रति आलोचना भएपछि फेसबुकमार्फत गायिका कमलाले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन्।

उनले कुनै प्लान गरेर डलरकै लागि भनेर, कसैलाई बर्बादै पार्ने गरी नगाइएको प्रस्टीकरण समेत दिएकी छिन्। कमलाले फेसबुकमा लेखेकी छिन् ‘‘जसरी अहिले दिदी ,,,लाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ। यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रती हृदयबाटै माफी माग्छु।

आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला। आइन्दा यस्तो गल्ती हुनेछैन।र अर्को कुरा जसरी अग्रज कलाकारहरूले यो गीतलाई लिएर पक्ष विपक्ष गर्दै बोल्नुभएको छ। मबाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थे होला। हजुरको उपदेश शिरोभार गर्थे होला। तर मन क्षतविक्षत हुने गरी लेखियो। बोलियो । यस्ले एकदमै दुखी बनायो। खैर केही छैन अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु।’’

यस्तो छ उनको स्टाटस – सबैलाई नमस्ते म हजुरको छोरी र बहिनी कमला घिमिरे। सर्वप्रथम त सबैलाई यो जानकारी गराउँछु कि छहारी युट्युब च्यानलमा अपलोड भएको दोहोरी जसलाई अहिले विभिन्न टिकाटिप्पणी गरिएको छ त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइएको गीत होइन।

तर पनि त्यो गीतलाई जसरी अहिले बुझिएको छ र जुन तरिकाले हल्ला गरिएको छ, यो देख्दा चाहिँ म आफैं पनि छक्क छु अझ बढी दु:खी छु। राम्रै गरि हेरेरै हिँड्दा पनि त कहिलेकाहीँ ठेस लाग्ने गर्छ। हो त्यस्तै भयो दाइ सुमन परियारसँग मैले गीत गाउँदा गाउन बसियो गाउँदै जाँदा माया पिरतिको कुरा आयो माया पिरतिको कुरा आउँदा जान–अन्जानमा केही त्यस्ता शब्द आए जुन कसैलाई लक्षित गरेझैं भयो।

बुझाई सकारात्मक भन्दा नकारात्मक भयो। जसरी अहिले दिदी समीक्षा अधिकारीलाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ। यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु। आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला।

आइन्दा यस्तो गल्ती हुनेछैन र अर्को कुरा जसरी अग्रज कलाकारहरुले यो गीतलाई लिएर पक्ष–विपक्ष गर्दै बोल्नुभएको छ। म बाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थेँ होला। हजुरको उपदेश शिरोधार्य गर्थें होला। तर, मन क्षतविक्षत हुनेगरी लेखियो बोलियो। यसले एकदम दु:खी बनायो।

खैर, केही छैन अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु। हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हट्न चाहान्नँ। सँधै हजुरहरुकै प्रिय बन्न पाउँ, गीत संगीतमै रम्न पाउँ। कहीँकतै बिराएछु भने सल्लाह सुझाव दिँदै गर्नु है। र, अन्त्यमा फेरि पनि माफी माग्दछु । हजुरकै कमला ।

 

प्रकाशित मिति २०७९ पुस ४ गते सोमबार ०४:२९
प्रतिक्रियाहरु