काठमाडौं ।
बालगायिका कमला घिमिरेको एउटा लाइभ दोहोरी गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गायक सुमन परियारसँग मिलेर उनले गाएको उक्त गीतले एकैसाथ आक्रोश र चर्चा बटुलेको छ ।
नाबालिका बलात्कार आरोपबारेका पछिल्ला दुई स्क्यान्डललाई घुमाउरो ढंगले व्यंग्य गरिएको यो गीतलाई सयौंले युट्युब, टिकटक, फेसबुक लगायतको टाइमलाइनमा टिकाटिप्पणी गरिरहेका छन् । हुन त बाल गायिका कमला घिमिरेले माफी पनि मागी सकेकी छिन् । तर पनि उक्त भिडियो भाइरल हुने क्रम जारी छ ।
सानै उमेरदेखि दोहोरी गायनमा चर्चा बटुलेकी कमला पनि विवाद र आलोचनाले घेरिएकी छन् । खासगरी उक्त गीतको विषयवस्तु र ‘कम्पोजिसन’ आपत्तिजनक रहेको भन्दै तत्काल माफी माग्न सामाजिक सञ्जालमा माग भइरहेको थियो । केहीले गीत र गायिकालाई बहिष्कार गर्नुपर्ने माग राखेका थिए ।
दोहोरी कलाकारबाहेक सर्वसाधारण कतिपयले युट्युब भ्युज र डलरका लागि कमला घिमिरेलाई प्रयोग गरिएको भन्दै आपत्ति जनाएका थिए । ती घटनाका आरोपीले अदालतमा दिएका बयानकै शैलीमा गाइएको लाइभ दोहोरी गीतमा प्रयोग भएको १० लाख भन्ने शब्दले धेरैको ध्यानाकर्षण गराएको थियो ।
उनीहरुको यो आशंका किन पनि गलत छैन भने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले भद्दा, अश्लील र अपाच्य लाइभ दोहोरी गीत गाएको भन्दै केही महिनाअघि नाम चलेकासहित दुई दर्जन कलाकारलाई आइन्दा त्यसो नगर्ने सर्तमा सचेत गराएको थियो ।
नाम चलेका केही गायक-गायिकालाई पनि प्रतिष्ठानले स्पष्टीकरण सोधेको थियो । अहिले उक्त दोहोरी अपलोड गर्ने ज्ञानेन्द्र मिडियामा आएका छन्। उनि भन्छन युटुबबाट हटाउदिन लड्न तयार छु ।
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई चयन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् ।प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।जिल्ला सदरमुकाम तम्घासमा शनिबार राति सम्पन्न अधिवेशनले आगामी २ वर्षको लागि नेतृत्व चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्धितीय उपाध्यक्षमा श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह-सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कुँवर, सह-कोषाध्यक्ष कमल कंडेल चयन भएको प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले बताए ।
प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ०९:४९