महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए।इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन्।
‘हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो। हामी तपाईंलाई धेरै माया गर्छौँ। हार्दिक श्रद्धाञ्जली!’
पेलेले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जिताउन सफल भएका थिए।
पेलेले जम्मा ४ वटा विश्वकप खेले। जसका तीनवटाको उपाधि उचाले। उनी तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन्। उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट सन्यास लिएका थिए।
पेलेले आफ्नो फुटबल करिअरमा जम्मा १३ सय ६३ खेल खेले। जसमा उनले १२ सय ८१ गोल गरे। ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए।
१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिए। तीमध्ये तीन वटा ब्राजिल आफैंले जितेको थियो। पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए।
उनले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरेका थिए।सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।
६२ वर्ष फुटबल खेलाडीको रुपमा बिताएका उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे। ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन्। २१ वर्षको करियरमा उनले कुल १,३६३ खेल खेल्दा विश्व कीर्तिमान १,२८१ गोल गरेका थिए।
पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
यसैबीच पेलेको निधनमा तीन दिन ब्राजिलमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। राष्ट्रपति जैर बोल्सोनारोको सरकारले तीन दिने शोकको घोषणा गर्दै एक विज्ञप्तिमा निकालेर पेले ब्राजिलको नाम उचाल्ने एक महान र देशभक्त नागरिक भएको बताए।
प्रकाशित मिति २०७९ पुस १५ गते शुक्रबार ०८:३७