विश्वकप लिग–टू : नेपालसँग पीएनजी ३ विकेटले पराजित

विश्वकप लिग–टू : नेपालसँग पीएनजी ३ विकेटले पराजित

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण १९ गते शुक्रबार ०७:००

काठमाडौं  यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा युगिनी (पीएनजी) ३ विकेटले पराजित भएको छ । शुक्रबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको...

काठमाडौं  यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा युगिनी (पीएनजी) ३ विकेटले पराजित भएको छ ।

शुक्रबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ बनाएर नेपाललाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो ।

पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८६ रन बनाउन सफल भए । सन्दीप लामिछानेले ३५ रन बनाए । नेपाललाई जिताउन आसिफ र सन्दीपको विशेष योगदान रह्यो ।

ब्याटिङको सुरुवाती चरणमा खराब खेल प्रदर्शन गरेको नेपालले विकेट पतनसँगै खेल सुधार गरेको थियो । सन्दीप र आसिफको विशेष साझेदारीले नेपालले खेल जित्न सफल रह्यो । दुवैले ७७ रनको योगदान पुर्याए ।

प्रकाशित मिति २०७९ फाल्गुण १९ गते शुक्रबार ०७:००
प्रतिक्रियाहरु