काठमाडौं यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा युगिनी (पीएनजी) ३ विकेटले पराजित भएको छ ।
शुक्रबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको...
काठमाडौं यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा युगिनी (पीएनजी) ३ विकेटले पराजित भएको छ ।
शुक्रबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ बनाएर नेपाललाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो ।
पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८६ रन बनाउन सफल भए । सन्दीप लामिछानेले ३५ रन बनाए । नेपाललाई जिताउन आसिफ र सन्दीपको विशेष योगदान रह्यो ।
ब्याटिङको सुरुवाती चरणमा खराब खेल प्रदर्शन गरेको नेपालले विकेट पतनसँगै खेल सुधार गरेको थियो । सन्दीप र आसिफको विशेष साझेदारीले नेपालले खेल जित्न सफल रह्यो । दुवैले ७७ रनको योगदान पुर्याए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७