दुबईमा पहिलो पल्ट लाइभ बाजा को साथ गरिएको तीज बिसेष सांस्कृतिक तथा कलाकार सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

दुबईमा पहिलो पल्ट लाइभ बाजा को साथ गरिएको तीज बिसेष सांस्कृतिक तथा कलाकार सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

छाँयापाटी

@छाँयापाटी

२०८० भदौ १९ गते मङ्गलबार १२:२०

अनमोल कुवंर दुबई, युएई दुबई । गएको ३ सेप्टेम्बर आईतबारका दिन दुबईस्थित अल अमिरको ब्लु प्यालेश रेस्टुरेण्टको हलमा परदेशीको लोक चौतारी युएईले पहिलो चोटी दुबईमा लाइभ बाजाको साथमा तीज बिसेष सांस्कृतिक तथा कलाकार कलाकार सम्मान कार्यक्रम...

अनमोल कुवंर दुबई, युएई
दुबई । गएको ३ सेप्टेम्बर आईतबारका दिन दुबईस्थित अल अमिरको ब्लु प्यालेश रेस्टुरेण्टको हलमा परदेशीको लोक चौतारी युएईले पहिलो चोटी दुबईमा लाइभ बाजाको साथमा तीज बिसेष सांस्कृतिक तथा कलाकार कलाकार सम्मान कार्यक्रम विविध सांगीतिक माहौलमा भव्य रुपमा सम्पन्न गरेको छ ।

२०१६ देखि परदेशमा नेपाली कलाको संरक्षण, प्रबर्द्धन र उत्थान गर्दै आएको परदेशेको लोक चौतारी को यो पहिलो सांस्कृतिक कार्यक्रम थियो भने १०० भाग पुगेको उपलक्ष्यमा १०० भन्दा बादी कलाकारहरु लाइ प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो।

कार्यक्रमलाई अझै संगीतमय तुल्याउनका परदेशमा आफ्नो कला प्रस्तुत गर्दै आउनु भएका अतिथि कलाकारहरु नरेन सापकोटा, अर्जुन न्यौपाने, समिर आचार्य, सुर्य कुमार बोहोरा, निरुता गैरे, रुबिन बिसी, अमृत परियार, मिना परियार, एकराज सुनार र परदेशीका लोक चौतारीका कलाकारहरु मनोरञ्जनात्मक प्रस्तुतिहरुले दर्शकहरुका साथ अतिथिहरुलाई समेत नचाउन भ्याएका थिए भने दुबईमा पहिलो चोटी नेपाली दर्सकले लाइभ बाजा को मजा पनि लिएका थिए ।

नेपाली समाज युएईका प्रबक्ता जीवन पंगेनीले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता परदेशीको लोक चौतारीका अध्यक्ष धड्कन तामाङ्ग ले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए भने स्वागत मन्तब्य यहि सस्थाका म्यानेजर गोपाल भट्टराईले गर्नु भएको थियो भने सस्था २०१६ देखि अहिले सम्म दुबई मा रहेर विभिन्न खाले जनचेतना मुलक शोर्ट फिल्म बिबिन्न खाले म्युजिक भिडियो देखि दुबईमा लुकेर रहेका प्रतिभाहरु लाइ जाकरुक गर्दै आफ्नो प्रतिभा प्रस्तुत गर्ने परदेशीको लोक चौतारी जस्तो कार्यक्रम बनाएर परदेश बाट निरन्तर नेपाली कलाको संरक्षण, प्रबर्द्धन र उत्थान गर्दै यहाँ सम्म आएको मन्तब्य यसै सस्थापक केशब कटुवाल ले राख्नु भएको थियो।

प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल ले दुबई मा धेरै नराम्रा गतिबिधि चलिरहेको र नेपालीले नेपाली लाइ नै फसाउन लागि परेको भन्दै सबै लाइ सजक रहन पनि अनुरोध गर्नु भयो। दिउसो १२ बजे बाट चलेको कार्यकम को समापन बेलुका ८ बजे सस्थाका अदक्ष्य धड्कन तामाङ्गले समापन गर्नु भएको थियो भने कार्यक्रम सब्य र भब्यता का साथ सम्पन्न भयो।

 

प्रकाशित मिति २०८० भदौ १९ गते मङ्गलबार १२:२०
प्रतिक्रियाहरु