बेल्टारमा मलद्धारबाट लागुऔषध लाउँदै गर्दा पाँच जना पक्राउ

बेल्टारमा मलद्धारबाट लागुऔषध लाउँदै गर्दा पाँच जना पक्राउ

मुकेश कटुवाल

@छाँयापाटी

२०८० असोज १५ गते सोमबार ०८:१०

असोज १५ उदयपुर गाईघाट उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका बेल्टार मा मलद्वारमा लुकाई छिपाई लागुऔषध ल्याउदै गर्दा पाँच जना युवा पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारमा शरिरमा फ्रिजिङ गरी लागुऔषध भित्राउदै...

असोज १५ उदयपुर गाईघाट उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका बेल्टार मा मलद्वारमा लुकाई छिपाई लागुऔषध ल्याउदै गर्दा पाँच जना युवा पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारमा शरिरमा फ्रिजिङ गरी लागुऔषध भित्राउदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ओम प्रकाश पुन काे नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा भारी मात्रामा लागूऔषध भेटिएको उदयपुर प्रहरीले जनाएको छ । मलद्धारमा लुकाएर लागुऔषध कारोबारमा संलग्न सबै बेल्टार बजारका हुन् ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का अन्दाजी ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको छ । त्यस्तै सोही ठाउँका अन्दाजी ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय बिशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद भएको छ ।

यसैगरी चौनपा ६ कै ३२ वर्षीय मनोज राईको साथ बाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद भएको छ । ३२ वर्षका प्रबेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा ति युवाहरुको गतिबिधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई स्थानीय चौदण्डीगढी हस्पिटल मा एक्सरे गरिएको थियो ।  एक्सरेमा मलद्धारमाभित्र फ्रिजिङ गरी राखिएको लागुऔषध देखिएपछि डाक्टरकै सहयोगमा बाहीर निकालिएको थियो । संलग्न सबैलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद समेत थपिएको जिल्ला प्रहरी कार्यालय उदयपुर ले जानकारी दिएकाछन्

प्रकाशित मिति २०८० असोज १५ गते सोमबार ०८:१०
प्रतिक्रियाहरु