हिन्दुवादीले बागमतीमा चढाए एक सय लिटर दूध, यसो गर्नु सही की गलत ?

हिन्दुवादीले बागमतीमा चढाए एक सय लिटर दूध, यसो गर्नु सही की गलत ?

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन ११ गते सोमबार ०४:०९

नेपालस्थित हिन्दुवादीहरुले पशुपतिनाथस्थित बागमती नदीमा एक सय लिटर दूध चढाएका छन्। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितले गंगा नदीमा दूध चढाएको कुरालाई लिएर विभिन्न टिका टिप्पणी भइरहँदा नेपालका हिन्दुवादीहरुले...

नेपालस्थित हिन्दुवादीहरुले पशुपतिनाथस्थित बागमती नदीमा एक सय लिटर दूध चढाएका छन्। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितले गंगा नदीमा दूध चढाएको कुरालाई लिएर विभिन्न टिका टिप्पणी भइरहँदा नेपालका हिन्दुवादीहरुले बागमतीमा एक सय लिटर दूध चढाएका हुन्।

योगीले गंगा नदीमा दूत चढाएको दृश्यसहितको फोटोलाई लिएर जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितले आलोचनात्मक टिप्पणी गरेपछि त्यसको प्रतिकारमा नेपालका हिन्दुवादी उत्रिएका हुन्।

बाबुरामले गरिबका छोराछोरी दूध नपाएर छटपटाइरहेका बेला नदीमा पोख्नु गलत भएको बताएका थिए। तर त्यस टिप्पणीको जवाफमा पूर्वमन्त्री उमाशंकर अरगरिया, नेपाल फाउन्डेसनका अध्यक्ष विकास ठाकुर र अन्य हिन्दुवादीको उपस्थितिमा बागमतीमा दूध चढाइएको हो।

प्रकाशित मिति २०७८ साउन ११ गते सोमबार ०४:०९
प्रतिक्रियाहरु