काठमाडौँ, १६ फागुन -: प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ' । उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्न त्यतातर्फ जान लागेकाे बताइएकाे छ ।
उक्त...
काठमाडौँ, १६ फागुन -: प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ’ । उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्न त्यतातर्फ जान लागेकाे बताइएकाे छ ।
उक्त औद्योगिक पार्कले झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका समेट्नेछ छ ‘। करिब ६४ अर्ब रुपैयाँ लागतमा बन्ने उक्त पार्क ‘पीपीपी’ मोडलमा निर्माण गर्नेबारे नेपाल-चीनबीच सम्झौता भइसकेको छ ‘।
नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्कका रूपमा विकास गर्न लागिएकाे साे पार्क शिलान्यास कार्यक्रम ‘ आज राखिएकाे छ । कार्यक्रममा प्रधानमनत्री ओली उपस्थित हुनेभएपछि उहाँकाे स्वागतका लागि ठाउँ-ठाउँमा स्वागतद्वार बनाइएकाे छ । साथै उहाँकाे स्वागतमा विभिन्न जातजाति संस्कृति झल्कने झाँकी प्रस्तुत गरिने जनाइएकाे छ ‘।
चीन-नेपाल मैत्री औद्योगिक पार्क १ हजार ६०० हेक्टर क्षेत्रफलमा बन्ने बताइएकाे छ । चार चरणमा निर्माण सम्पन्न हुने पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै ‘उत्कृष्ट’ हुने दाबी गरिएकाे छ ‘। पार्क निर्माण पूर्णतः चिनियाँ सहयोग रहनेछ ।पार्क निर्माणका लागि करिब २२ सय बिघा क्षेत्रफल चाहिनेमा हालसम्म १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको बताइएकाे छ ।
सरकारले एक सातामा पाँचवटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो ‘। सो कार्यक्रमअनुसार प्रधानमन्त्रीले फागुन १० गते कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र शिलान्यास गरिसक्नुभएकाे छ । गसैगरी फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र फागुन १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्रकाे पनि शिलान्यास भइसकेकाे छ ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७