दक्षिण एसियामै ‘उत्कृष्ट’ औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली गृहजिल्ला पुगे

दक्षिण एसियामै ‘उत्कृष्ट’ औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली गृहजिल्ला पुगे

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण १६ गते आईतबार ११:३४

काठमाडौँ, १६ फागुन -:  प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ' । उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क  शिलान्यास गर्न त्यतातर्फ जान लागेकाे बताइएकाे छ । उक्त...

काठमाडौँ, १६ फागुन -:  प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ’ । उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क  शिलान्यास गर्न त्यतातर्फ जान लागेकाे बताइएकाे छ ।

उक्त औद्योगिक पार्कले झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका समेट्नेछ छ ‘।  करिब ६४ अर्ब रुपैयाँ लागतमा बन्ने उक्त पार्क ‘पीपीपी’ मोडलमा निर्माण गर्नेबारे नेपाल-चीनबीच सम्झौता भइसकेको छ ‘।

नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्कका रूपमा विकास गर्न लागिएकाे साे पार्क शिलान्यास कार्यक्रम ‘ आज राखिएकाे छ । कार्यक्रममा प्रधानमनत्री ओली उपस्थित हुनेभएपछि उहाँकाे स्वागतका लागि ठाउँ-ठाउँमा स्वागतद्वार बनाइएकाे छ । साथै उहाँकाे स्वागतमा विभिन्न जातजाति संस्कृति झल्कने झाँकी प्रस्तुत गरिने जनाइएकाे छ ‘।

चीन-नेपाल मैत्री औद्योगिक पार्क १ हजार ६०० हेक्टर क्षेत्रफलमा बन्ने बताइएकाे छ । चार चरणमा निर्माण सम्पन्न हुने पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै ‘उत्कृष्ट’ हुने दाबी गरिएकाे छ ‘। पार्क निर्माण पूर्णतः चिनियाँ सहयोग रहनेछ ।पार्क निर्माणका लागि करिब २२ सय बिघा क्षेत्रफल चाहिनेमा हालसम्म १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको बताइएकाे छ ।

सरकारले एक सातामा पाँचवटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो ‘। सो कार्यक्रमअनुसार प्रधानमन्त्रीले फागुन १० गते कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र शिलान्यास गरिसक्नुभएकाे छ । गसैगरी फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र फागुन १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्रकाे पनि शिलान्यास भइसकेकाे छ ‘।

प्रकाशित मिति २०७७ फाल्गुण १६ गते आईतबार ११:३४
प्रतिक्रियाहरु