अनमोल कुवंर दुबई, युएई – २०१६ देखि परदेशमा रहेका कलाकार हरु लाइ एकीकृत गरि नेपाली कला सस्कृतिको संरक्षण, प्रवर्द्धन एबम उत्थान गर्ने हेतुले स्थापना भएको परदेशीको लोक चौतारी युएइले नया वर्ष २०२५ को अवसरमा यहि आउदो डिसेम्बर ८ तारिक आइतबार का दिन बृहत बनभोज कार्यक्रम – २०२४ निम्न मिति, स्थान र समयमा आयोजना गरिएको जानकारी गराउदै युएई मा रहनुहुने सम्पूर्ण अग्रज, सल्लाहकार, बुद्धिजीवी, पत्रकार, उध्योगी, ब्यापारी, कलाकार, सामाजिक अभियाम्ता ज्युहरु लगायत सम्पूर्ण दाजुभाइ, दिदीबहिनि तथा आमा बुवाहरु लाई गरिमामय उपस्थिति का लागि हार्दिक निमन्त्रणा गर्दछौं !
मितिः ८ डिसेम्बर २०२४ ( आइतबार )
स्थानः मसाफी फुजेरा
बस लाग्ने स्थान
मेट्रो पार्क बरदुबई

जाडो सिजन सुरु भए सगै युएइमा बनभोज गर्ने लहर पनि चल्न थालेको छ भने परदेशीको लोक चौतारीले गएको साल पनि पहिलो नै बनभोज आयोजना गरेको थियो भने यो वर्ष पनि पहिलो बनभोज कार्यक्रम पन्चेबाजा सहित को सुरुवात गर्ने भएको छ।
परदेशमा छरिएर रहेका प्रतिभाहरु लाइ एकीकृत गर्दै हरेक वर्ष परदेशमै रहनु भएका कलाकारहरु द्वारा तीज कार्यक्रम गर्ने पहिलो सस्था पनि हो भने हरेक महिना हरेक प्रतिभाले आफ्नो कलाकारिता दोहोरी मार्फत पनि प्रस्फुटन गर्दै रहनु भएको छ हजुरहरु सग नि तेस्ता प्रतिभा छ भने हाम्रो सस्था हजुरहरु को कलाकारिता अगाडी बदौना जहिले तत्पर रहने छ।

बनभोजको कार्यक्रम आयोजना गरे सगै युएइ मा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनि हरु बनभोजमा जान एक दमै उत्साहित देखिनु भएको छ साथै परदेशीको लोक चौतारी युएइले सम्पूर्ण युएइ बासि नेपालीहरु लाइ बनभोज कार्यक्रममा उपस्थिति भइ रमाइलो गर्नु हुन पनि हार्दिक अनुरोध गरेको छ
प्रकाशित मिति २०८१ मङ्सिर १२ गते बुधबार ०९:५०