काठमाडौ -: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी अब विभाजन भएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र यो बीचमा पार्टी अध्यक्ष केपी...
काठमाडौ -: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी अब विभाजन भएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र यो बीचमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी अब दुई वटा भएको नेपाल पक्षको ठहर छ ।
उनीहरुले अब कुनै चमत्कार नभए एक भएर जान सक्ने अवस्था नरहेको नेता तथा कार्यकर्ता तहमा स्पष्ट हुने भनेको छ । शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो ।
छलफलका क्रममा नेपाल पक्षका सांसदसहित केन्द्रीय सदस्यहरुले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरु तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने डटेर लड्नुपर्ने भनेका थिए ।
उसो त बैठकले ओलीले शुक्रबार एकपक्षीय रुपमा प्रदेश संयोजक तोकेपछि समानान्तर कमिटीको अभ्यास समेत भइसकेको छ । यसले एमाले अब दुई वटा भएको देखिन्छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७