माधव नेपालको घोषणा एमाले दुई टुक्रा भयो अब चाडै नया प्रधानमन्त्रि बनाउछौ

माधव नेपालको घोषणा एमाले दुई टुक्रा भयो अब चाडै नया प्रधानमन्त्रि बनाउछौ

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत १ गते आईतबार ०८:२३

काठमाडौ -:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी अब विभाजन भएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र यो बीचमा पार्टी अध्यक्ष केपी...

काठमाडौ -:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी अब विभाजन भएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र यो बीचमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी अब दुई वटा भएको नेपाल पक्षको ठहर छ ।

उनीहरुले अब कुनै चमत्कार नभए एक भएर जान सक्ने अवस्था नरहेको नेता तथा कार्यकर्ता तहमा स्पष्ट हुने भनेको छ । शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो ।

छलफलका क्रममा नेपाल पक्षका सांसदसहित केन्द्रीय सदस्यहरुले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरु तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने डटेर लड्नुपर्ने भनेका थिए ।

उसो त बैठकले ओलीले शुक्रबार एकपक्षीय रुपमा प्रदेश संयोजक तोकेपछि समानान्तर कमिटीको अभ्यास समेत भइसकेको छ । यसले एमाले अब दुई वटा भएको देखिन्छ ।

प्रकाशित मिति २०७७ चैत १ गते आईतबार ०८:२३
प्रतिक्रियाहरु