बालिका बलात्कारका अभियुक्त यादवलाई १० वर्ष कैद

बालिका बलात्कारका अभियुक्त यादवलाई  १० वर्ष कैद

छाँयापाटी

@छाँयापाटी

२०७७ मङ्सिर १९ गते शुक्रबार १२:४६

राजविराज-:  गाईवस्तु चराउन गएकी बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई १० वर्ष कैद सजाय भएको छ।सप्तरी जिल्ला अदालतले सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई १० वर्ष कैद सजाय सुनाएको...

राजविराज-:  गाईवस्तु चराउन गएकी बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई १० वर्ष कैद सजाय भएको छ।सप्तरी जिल्ला अदालतले सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई १० वर्ष कैद सजाय सुनाएको हो।

अदालतको आदेशमा यादव २०७६ जेठ २६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले यादवलाई १० वर्ष कैद सजायको फैसला गर्नुका साथै ३० हजार क्षतिपूर्ति भराउन फैसला गरेको हो ।

गाईवस्तु चराई घर फर्कने क्रममा पीडित २०७६ जेठ १ गते साँझ बलात्कृत भएकी थिइन्। आरोपितले नियन्त्रणमा लिई बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएपछि आरोपित २०७६ जेठ ४ गते पक्राउ परेका थिए।

प्रकाशित मिति २०७७ मङ्सिर १९ गते शुक्रबार १२:४६
प्रतिक्रियाहरु