काठमाडौंम – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका प्रमुख सचेतक हुन्– लक्ष्मणलाल कर्ण, ६२। अहिले उनी सत्तारुढ एमालेसँग छलफलमा खटिएका छन्।'
मुद्दा फिर्ता, राजबन्दी रिहा, संविधान संशोधन, नागरिकता ऐन संशोधन लगायत विषयमा राजपाका...
काठमाडौंम – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका प्रमुख सचेतक हुन्– लक्ष्मणलाल कर्ण, ६२। अहिले उनी सत्तारुढ एमालेसँग छलफलमा खटिएका छन्।’
मुद्दा फिर्ता, राजबन्दी रिहा, संविधान संशोधन, नागरिकता ऐन संशोधन लगायत विषयमा राजपाका तर्फबाट कर्ण र सर्वेन्द्रनाथ शुक्लले छलफल गरिरहेका छन्’एमाले संसदीय दलका उपनेता पूर्वसभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेलर राजन भट्टराई रहेको कार्यदलसँग।
जसपाभित्र दुई धार देखिएको छ। अध्यक्ष महन्थ ठाकुर एमालेसँगको संवादलाई प्राथमिकता दिइरहेका छन् भने संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईओलीलाई एक मिनेट पनि सत्तामा राख्न नहुने बताइरहेका छन्। ‘भट्टराईलाई अध्यक्ष उपेन्द्र यादवको साथ छ भने ठाकुरलाई राजेन्द्र महतोको।
मुद्दा सम्बोधन नभई सरकारमा नजाने अडान राख्दै आएका छन् अध्यक्ष ठाकुरले।’ त्यसैले उनी नेतृत्वको पार्टी नयाँ संविधान जारी भएपछि सरकारमा सहभागी भएको छैन तर यसपटक एमालेसँगको छलफल निकै सकारात्मक रुपमा अघि बढेको कर्णले बताए’।
पर्सा ४ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद् कर्णले एमालेबाट तीनवटा प्रस्ताव आएको सुनाए ‘तपाईंको काम हामी गर्छौं। यही सरकारमा आउनुस् वा नभए तपाईंहरु समर्थन दिनुस्। त्यो पनि नभए भोलि चुनाव होला सँगै चुनाव लडौँला।’
वरिष्ठ अधिवक्तासमेत रहेका कर्णले संवादका क्रममा भने, ‘संविधानको धारा ७६ अनुसार प्रधानमन्त्रीको पहिलो विकल्प पनि केपी ओली हो, दोस्रो र तेस्रो विकल्प पनि ओलीजी नै हो’।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७