ओलीको दोस्रो र तेस्रो विकल्प पनि उहाँ नै प्रधानमन्त्री हो – लक्ष्मणलाल कर्ण

ओलीको दोस्रो र तेस्रो विकल्प पनि उहाँ नै प्रधानमन्त्री हो – लक्ष्मणलाल कर्ण

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत २८ गते शनिवार ०८:२६

काठमाडौंम – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका प्रमुख सचेतक हुन्– लक्ष्मणलाल कर्ण, ६२। अहिले उनी सत्तारुढ एमालेसँग छलफलमा खटिएका छन्।' मुद्दा फिर्ता, राजबन्दी रिहा, संविधान संशोधन, नागरिकता ऐन संशोधन लगायत विषयमा राजपाका...

काठमाडौंम – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका प्रमुख सचेतक हुन्– लक्ष्मणलाल कर्ण, ६२। अहिले उनी सत्तारुढ एमालेसँग छलफलमा खटिएका छन्।’

मुद्दा फिर्ता, राजबन्दी रिहा, संविधान संशोधन, नागरिकता ऐन संशोधन लगायत विषयमा राजपाका तर्फबाट कर्ण र सर्वेन्द्रनाथ शुक्लले छलफल गरिरहेका छन्’एमाले संसदीय दलका उपनेता पूर्वसभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेलर राजन भट्टराई रहेको कार्यदलसँग।

जसपाभित्र दुई धार देखिएको छ। अध्यक्ष महन्थ ठाकुर एमालेसँगको संवादलाई प्राथमिकता दिइरहेका छन् भने संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईओलीलाई एक मिनेट पनि सत्तामा राख्न नहुने बताइरहेका छन्। ‘भट्टराईलाई अध्यक्ष उपेन्द्र यादवको साथ छ भने ठाकुरलाई राजेन्द्र महतोको।

मुद्दा सम्बोधन नभई सरकारमा नजाने अडान राख्दै आएका छन् अध्यक्ष ठाकुरले।’ त्यसैले उनी नेतृत्वको पार्टी नयाँ संविधान जारी भएपछि सरकारमा सहभागी भएको छैन तर यसपटक एमालेसँगको छलफल निकै सकारात्मक रुपमा अघि बढेको कर्णले बताए’।

पर्सा ४ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद् कर्णले एमालेबाट तीनवटा प्रस्ताव आएको सुनाए ‘तपाईंको काम हामी गर्छौं। यही सरकारमा आउनुस् वा नभए तपाईंहरु समर्थन दिनुस्। त्यो पनि नभए भोलि चुनाव होला सँगै चुनाव लडौँला।’

वरिष्ठ अधिवक्तासमेत रहेका कर्णले संवादका क्रममा भने, ‘संविधानको धारा ७६ अनुसार प्रधानमन्त्रीको पहिलो विकल्प पनि केपी ओली हो, दोस्रो र तेस्रो विकल्प पनि ओलीजी नै हो’।

प्रकाशित मिति २०७७ चैत २८ गते शनिवार ०८:२६
प्रतिक्रियाहरु