यसरी भयो साझा र विवेकशील पार्टीबीच दोस्रोपटक एकता

यसरी भयो साझा र विवेकशील पार्टीबीच दोस्रोपटक एकता

छाँयापाटी

@छाँयापाटी

२०७७ मङ्सिर २४ गते बुधबार ०५:११

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ। पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे रहने छन्।एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ। नयाँ पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य रहने छन्।

काठमाडौ -:  साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ। यो दोस्रो पटकको एकता हो ।दुई वर्षअघि फुटेका दुबै दल फेरी दोस्रो पटक जोडिएका हुन् । एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ। पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे रहने छन्।एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ। नयाँ पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य रहने छन्।

२०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो। सोही वर्ष भएको आम निर्वाचनमा उनीहरुले विवेकशील–साझा पार्टीका नामबाट चुनाव लडेका थिए।’तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो।

यसबीच विवेकशीलको नेतृत्वमा पाण्डे निर्वाचित भएपछि यी दुई दलबीच पुनः एकिकरणको प्रक्रिया सुरु भएको थियो।’गत असारयता दुबै पार्टीले एकताका लागि कार्यदल गठन गरेका थिए। सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा अहिले पार्टीबीच एकता घोषणा भएको हो।

प्रकाशित मिति २०७७ मङ्सिर २४ गते बुधबार ०५:११
प्रतिक्रियाहरु