पूर्वमाओवादी नेतासहित आठजनालाई स्थायी कमिटीमा थप

पूर्वमाओवादी नेतासहित आठजनालाई स्थायी कमिटीमा थप

छाँयापाटी

@छाँयापाटी

२०७८ असार १६ गते बुधबार ०२:२६

१६ असार, काठमाडौं -: नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ ।' पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो । दशौं महाधिवेशन आयोजक कमिटीको...

१६ असार, काठमाडौं -: नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ ।’ पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो ।

दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको छ ‘।

बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए ।’ महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित भएका थिए ‘।

नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकले कमिटीलाई भंग गरी २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ ।

यसअघि बसेको बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बसेको हो ‘।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो। पार्टी सञ्चालन पुरानै संरचना अनुसार भएपछि माधव नेपाल पक्षको ठूलो हिस्सा केन्द्रीय’ कमिटीको बैठकमा सहभागि हुने संस्थापन पक्षको विश्लेषण रहेको छ ‘।

प्रकाशित मिति २०७८ असार १६ गते बुधबार ०२:२६
प्रतिक्रियाहरु