१६ असार, काठमाडौं -: नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ ।' पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो ।
दशौं महाधिवेशन आयोजक कमिटीको...
१६ असार, काठमाडौं -: नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ ।’ पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो ।
दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको छ ‘।
बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए ।’ महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित भएका थिए ‘।
नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकले कमिटीलाई भंग गरी २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ ।
यसअघि बसेको बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बसेको हो ‘।
मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो। पार्टी सञ्चालन पुरानै संरचना अनुसार भएपछि माधव नेपाल पक्षको ठूलो हिस्सा केन्द्रीय’ कमिटीको बैठकमा सहभागि हुने संस्थापन पक्षको विश्लेषण रहेको छ ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७