एमाले अध्यक्ष ओलीले बोलाएको बैठक अबैध, नेपाल समूह सहभागी नहुने

एमाले अध्यक्ष ओलीले बोलाएको बैठक अबैध, नेपाल समूह सहभागी नहुने

छाँयापाटी

@छाँयापाटी

२०७८ असार १७ गते बिहिबार ०७:२२

काठमाडौं -:  नेकपा (एमाले)का बरिष्ठ नेता माधब कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भएको निष्कर्ष निकालेको छ । साथै, नेपाल समूहले अध्यक्ष ओलीले शुक्रबार बोलाएको उक्त बैठकमा सहभागी नहुने पनि जनाएको छ । शुक्रबार...

काठमाडौं -:  नेकपा (एमाले)का बरिष्ठ नेता माधब कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भएको निष्कर्ष निकालेको छ । साथै, नेपाल समूहले अध्यक्ष ओलीले शुक्रबार बोलाएको उक्त बैठकमा सहभागी नहुने पनि जनाएको छ ।

शुक्रबार बोलाइएको बैठक अवैध कमिटीले डाकेको बैठक भएको र उक्त बैठक पार्टी एकताको पक्षमा नदेखिएको नेपाल समूहको ठहर छ । साथै नेपाल समूहले पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र सोही अनुरुप बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान पनि गरेको छ ।

हिजो (बुधबार) बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । सो बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरिसकेको छ ।

प्रकाशित मिति २०७८ असार १७ गते बिहिबार ०७:२२
प्रतिक्रियाहरु