काठमाडौं -: नेकपा (एमाले)का बरिष्ठ नेता माधब कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भएको निष्कर्ष निकालेको छ । साथै, नेपाल समूहले अध्यक्ष ओलीले शुक्रबार बोलाएको उक्त बैठकमा सहभागी नहुने पनि जनाएको छ ।
शुक्रबार...
काठमाडौं -: नेकपा (एमाले)का बरिष्ठ नेता माधब कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भएको निष्कर्ष निकालेको छ । साथै, नेपाल समूहले अध्यक्ष ओलीले शुक्रबार बोलाएको उक्त बैठकमा सहभागी नहुने पनि जनाएको छ ।
शुक्रबार बोलाइएको बैठक अवैध कमिटीले डाकेको बैठक भएको र उक्त बैठक पार्टी एकताको पक्षमा नदेखिएको नेपाल समूहको ठहर छ । साथै नेपाल समूहले पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र सोही अनुरुप बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान पनि गरेको छ ।
हिजो (बुधबार) बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । सो बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरिसकेको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७