जोमसोम :-भारतीय सैन्य टोली मुस्ताङ आइपुगेको छ। 'भारतीय सेनाको रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोली बिहीबार बिहान नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत मुस्ताङ आइपुगेको हो'।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी...
जोमसोम :-भारतीय सैन्य टोली मुस्ताङ आइपुगेको छ। ‘भारतीय सेनाको रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोली बिहीबार बिहान नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत मुस्ताङ आइपुगेको हो’।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीका अनुसार भारतीय सैनाको टोलीले मुक्तिनाथ दर्शन तथा घरपझोङ५ कैसाङ स्थित सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ।’ भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा संञ्चालित ‘नेशनल डिफेन्स’ कोर्समा सहभागी भारतीय सेनाको टोली मुस्ताङ आएको’ प्रहरी नायव उपरिक्षक दानीले उल्लेख गरे।
मुक्तिनाथ र सैनिक उच्चशिखर शिक्षालय कैसाङको अवलोकन भ्रमणका आएको भारतीय टोलीलाई नेपाली सेनाको टोलीले कडा सुरक्षा निगरानी गरेको छ।’ जिल्ला प्रहरी मुस्ताङले भारतीय सेनाको टोली मुक्तिनाथ र कैसाङ क्याम्पको अवलोकन गरेर केही घण्टापछि फर्किने जनाएको छ’।
कोरोनाको दोस्रो भेरियन्टको प्रभाव मत्थर हुँदै गइरहेको र जिल्लामा जारी निषेधाज्ञा समेत खुकुलो बनेपछि केही हप्ता अघि युरोपियन युनियनकी राजदुत नोना डिप्रेज मुस्ताङ आएकी थिइन् भने अघिल्लो हप्ता मात्र स्विजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरको टोली उपल्लो मुस्ताङ पुगेको थियो’।
यस्तै, ऐतिहासिक मानव सम्भयता अन्वेषण,नक्साङ्कन,उत्खनन् र फोटोग्राफी डकुमेन्टेसनका लागि पुरातत्व विभागको उपस्थितिमा विदेशी टोली ‘उपल्लो मुस्ताङ पुगेको थियो।अन्पुर्णपोस्ट बाट साभार
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७