किन आयो भारतीय सैन्य टोली मुस्ताङमा ? भिडियो सहित

किन आयो भारतीय सैन्य टोली मुस्ताङमा ? भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक ४ गते बिहिबार ०२:०४

जोमसोम :-भारतीय सैन्य टोली मुस्ताङ आइपुगेको छ। 'भारतीय सेनाको रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोली बिहीबार बिहान नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत मुस्ताङ आइपुगेको हो'। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी...

जोमसोम :-भारतीय सैन्य टोली मुस्ताङ आइपुगेको छ। ‘भारतीय सेनाको रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोली बिहीबार बिहान नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत मुस्ताङ आइपुगेको हो’।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीका अनुसार भारतीय सैनाको टोलीले मुक्तिनाथ दर्शन तथा घरपझोङ५ कैसाङ स्थित सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ।’ भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा संञ्चालित ‘नेशनल डिफेन्स’ कोर्समा सहभागी भारतीय सेनाको टोली मुस्ताङ आएको’ प्रहरी नायव उपरिक्षक दानीले उल्लेख गरे।

मुक्तिनाथ र सैनिक उच्चशिखर शिक्षालय कैसाङको अवलोकन भ्रमणका आएको भारतीय टोलीलाई नेपाली सेनाको टोलीले कडा सुरक्षा निगरानी गरेको छ।’ जिल्ला प्रहरी मुस्ताङले भारतीय सेनाको टोली मुक्तिनाथ र कैसाङ क्याम्पको अवलोकन गरेर केही घण्टापछि फर्किने जनाएको छ’।

कोरोनाको दोस्रो भेरियन्टको प्रभाव मत्थर हुँदै गइरहेको र जिल्लामा जारी निषेधाज्ञा समेत खुकुलो बनेपछि केही हप्ता अघि युरोपियन युनियनकी राजदुत नोना डिप्रेज मुस्ताङ आएकी थिइन् भने अघिल्लो हप्ता मात्र स्विजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरको टोली उपल्लो मुस्ताङ पुगेको थियो’।

यस्तै, ऐतिहासिक मानव सम्भयता अन्वेषण,नक्साङ्कन,उत्खनन् र फोटोग्राफी डकुमेन्टेसनका लागि पुरातत्व विभागको उपस्थितिमा विदेशी टोली ‘उपल्लो मुस्ताङ पुगेको थियो।अन्पुर्णपोस्ट बाट साभार

प्रकाशित मिति २०७८ कार्तिक ४ गते बिहिबार ०२:०४
प्रतिक्रियाहरु