पेट पाल्नकै लागि बादल ओलीतिर लागे : घनश्याम भुसाल

पेट पाल्नकै लागि बादल ओलीतिर लागे : घनश्याम भुसाल

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ ४ गते आईतबार १२:२३

बुटवल -:  नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले रामबहादुर थापा ‘बादल’ पेट पाल्नकै लागि ओली समूहमा लागेको टिप्पणी गरेका छन । एक महिनाअघि ओलीलाई सर्वसत्तावादी र साम्राज्यवादी अमेरिकाको गोटी बनेर एमसीसी थोपरेको भन्दै...

बुटवल -:  नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले रामबहादुर थापा ‘बादल’ पेट पाल्नकै लागि ओली समूहमा लागेको टिप्पणी गरेका छन ।

एक महिनाअघि ओलीलाई सर्वसत्तावादी र साम्राज्यवादी अमेरिकाको गोटी बनेर एमसीसी थोपरेको भन्दै भाषण गर्ने बादलजी एक महिनापछि पापी पेट पाल्नका लागि सबै कुरा बिर्सेर उतै लाग्नुभो’ भुसालले भने ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रधानमन्त्री ओलीको सर्वसत्तावादी सोच र अहंकारका कारण प्रतिनिधिसभा विघटन गरिएको बताए । संविधानको कुनै पनि धारामा वहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको भन्दै उनले विघटनले संविधानमाथि प्रहार भएको टिप्पणी गरे ।

‘अदालतले नै संविधानको बर्खिलाप फैसला गर्‍यो भने यो संविधान कसले मान्छ ?उनले भने,त्यसपछि संविधान, प्रधानमन्त्री, सर्वोच्च, न्यायाधीश, निर्वाचन आयोग कसैलाई मान्ने कुरा हुन्न । जनताले अर्को संविधान बनाउँछन् ।कार्यकर्ता भेलामा नेता वामदेव क्षेत्रीले, ओली सामूहिक निर्णय नमान्ने, वैठकबाट भाग्ने र स्वेच्छाचारी ढंगले अघि बढेकाले पार्टीभित्र समस्या आएको बताए ।

प्रकाशित मिति २०७७ माघ ४ गते आईतबार १२:२३
प्रतिक्रियाहरु