कस्तो कुपुत्र जन्माइयो केपी ओली – माधवकुमार नेपाल

कस्तो कुपुत्र जन्माइयो केपी ओली  – माधवकुमार नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ ५ गते सोमबार ०३:०९

काठमाडौं -:  प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज प्रधानमन्त्री तथा विभाजित पार्टीका अध्यक्षा केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्न अन्तिम स्पष्टीकरण माग्ने भएको छ' । विभाजित समूहका अध्यक्ष माधव नेपालले सोमवार...

काठमाडौं -:  प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज प्रधानमन्त्री तथा विभाजित पार्टीका अध्यक्षा केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्न अन्तिम स्पष्टीकरण माग्ने भएको छ’ ।

विभाजित समूहका अध्यक्ष माधव नेपालले सोमवार महिला संघको बैठकलाई सम्बोधन गर्दै आज अन्तिम स्पष्टिकरण पठाइने र त्यसपछि सदस्य पनि नरहने गरी निष्कासन हुने बताए’ ।

नेपालले भने- ‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं’ । तपाईं सुध्रिनुभएन,पार्टीको विधान पालना गर्नुभएन,अनुशासन उल्लंघन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो ।’ जे पायो त्यही बोलिरहनुभएको छ । अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ‘।

नेपालले ओलीलाई पार्टीको बहुमतले पनि तह लगाउन नसकेको र संविधानले पनि बाँध्‍न नसकेको भन्दै तानाशाहीको चरम सिमा नाघेको बताए । ओली सुध्रिने कुनै सम्भावना नरहेको भन्दै उनले मैमत्तकारी प्रवृतिको वाहक बनेको आरोप लगाए’ । नेपालले भने-अब कम्युनिस्ट पार्टीले भन्नुपर्छ कस्तो कुपुत्र जन्माइयो केपी ओली’ ।

प्रकाशित मिति २०७७ माघ ५ गते सोमबार ०३:०९
प्रतिक्रियाहरु