भरतपुर महानगरकी उम्मेदवार रेनु दाहालले गरिन् मतदान “भन्छिन जित भैसक्यो घोसणा गर्न मात्र बाकी छ”

भरतपुर महानगरकी उम्मेदवार रेनु दाहालले गरिन् मतदान “भन्छिन जित भैसक्यो घोसणा गर्न मात्र बाकी छ”

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख ३० गते शुक्रबार ११:१६

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले भरतपुर महानगरपालिका१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी हुन् । मतदान पछि भंनिं हाम्रो...

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् ।

सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले भरतपुर महानगरपालिका१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी हुन् । मतदान पछि भंनिं हाम्रो जित सुनिस्चित भइसकेको छ।

सिन्धुपाल्चोकको मेलम्ची– ४ मा बुथमै ठेलमठेल, सेनाले तेर्स्यायाे हतियार

सिन्धुपाल्चोकको मेलम्ची– ४ ज्यामिरेमा मतदानका क्रममा केहीबेर तनाव भएको छ । अशक्त तथा अपांगता भएका व्यक्तिहरुलाई दलका प्रतिनिधिहरुले नै मतदान गर्न सघाएपछि झडपको स्थिति देखा परेको हो ।

त्यस्ता अशक्तहरुलाई आफन्तले मतदान गर्न सघाउन मिल्छ, तर दलकै प्रतिनिधिले सघाएको भन्दै बुथमै ठेलमठेल भएको थियो । तनाव उत्पन्न भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिन हतियार तेर्स्याएर हल्ट गरेको बताइएको छ ।

कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा रहेको मतदान केन्द्रमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

मतदानपूर्व गएराति दुवै पक्षबीच झडप भएपछि खुकुरी हानाहान भएको हो । खुकुरी लागेर दुवै पक्षका एक–एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा वाईसीएलका नेता राजु शाही र एमाले कार्यकर्ता विजय थापा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार दुवैको शिक्षण अस्पताल कोहलपुरमै उपचार भइरहेको छ ।Source-News24nepal

प्रकाशित मिति २०७९ बैशाख ३० गते शुक्रबार ११:१६
प्रतिक्रियाहरु