चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् ।
सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले भरतपुर महानगरपालिका१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी हुन् । मतदान पछि भंनिं हाम्रो जित सुनिस्चित भइसकेको छ।
सिन्धुपाल्चोकको मेलम्ची– ४ मा बुथमै ठेलमठेल, सेनाले तेर्स्यायाे हतियार
सिन्धुपाल्चोकको मेलम्ची– ४ ज्यामिरेमा मतदानका क्रममा केहीबेर तनाव भएको छ । अशक्त तथा अपांगता भएका व्यक्तिहरुलाई दलका प्रतिनिधिहरुले नै मतदान गर्न सघाएपछि झडपको स्थिति देखा परेको हो ।
त्यस्ता अशक्तहरुलाई आफन्तले मतदान गर्न सघाउन मिल्छ, तर दलकै प्रतिनिधिले सघाएको भन्दै बुथमै ठेलमठेल भएको थियो । तनाव उत्पन्न भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिन हतियार तेर्स्याएर हल्ट गरेको बताइएको छ ।
कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा रहेको मतदान केन्द्रमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।
मतदानपूर्व गएराति दुवै पक्षबीच झडप भएपछि खुकुरी हानाहान भएको हो । खुकुरी लागेर दुवै पक्षका एक–एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा वाईसीएलका नेता राजु शाही र एमाले कार्यकर्ता विजय थापा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार दुवैको शिक्षण अस्पताल कोहलपुरमै उपचार भइरहेको छ ।Source-News24nepal
प्रकाशित मिति २०७९ बैशाख ३० गते शुक्रबार ११:१६