केपी ओलीसँग अरिंगालको सानो गोलो र साइबर सेना मात्रै छ आजको भिडले सात्तो गैसक्यो : माधव कुमार नेपाल

केपी ओलीसँग अरिंगालको सानो गोलो र साइबर सेना मात्रै छ आजको भिडले  सात्तो  गैसक्यो : माधव कुमार नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ ९ गते शुक्रबार ११:४७

काठमाडौं, ९ माघ -: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले असली नेकपाको आफूहरुले अगुवाई गरिरहेको बताउनु भएको छ । उता प्रधानमन्त्री ओली समुहसँग सानो अरिंगालकलो गोलो र साइबर सेना मात्रै भएको...

काठमाडौं, ९ माघ -: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले असली नेकपाको आफूहरुले अगुवाई गरिरहेको बताउनु भएको छ । उता प्रधानमन्त्री ओली समुहसँग सानो अरिंगालकलो गोलो र साइबर सेना मात्रै भएको दावी गर्नुभएको छ ।

अध्यक्ष नेपालले संसद विघटनपछि भइरहेको प्रदर्शनमा बिशाल उपस्थिती भइरहेको बताउदै ओलीको सानो साईबर सेनाले आफूहरुक प्रदर्शनलाई ठेग्न नसक्ने बताउनु भयो ।

उहाँले हरेक प्रदेश, जिल्ला देखि बिदेशका रहेका कमिटीहरुमा समेत ओलीको समुह कमजोर रहेको र ओलीको कदमबिरुद्धको पक्षमा ठूलो समुह रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ओली सँग अहिले सानो अरिंगालको गोलो र साइबर सेना मात्रै छ, त्यसले हाम्रो बिशाल फौजलाई ठेग्न सक्दैन।’

त्यस्तैगरी उहाँले २०४७ सालमा पार्टीले खटाए अनुसार आफूले निर्वाचन आयोगमा पुगेर सूर्य चिन्ह ल्याएको बताउदै सूर्य चिन्हको माया ममता आफूमा रहेको बताउनु भयो । केपी ओलीलाई गणतन्त्र, संघियता र समावेशीताको माया नभएको आरोप दगाउदै आफूहरुले गणतन्त्र ल्याएको र आफूहरुको सूर्य र गणतन्त्रमा माया रहेको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा गणतन्त्रको माया र संघियता प्रतिको प्रतिबद्धता ओलीमा नरहेको बताउदै अध्यक्ष नेपालले सबै लोकतान्त्रीक पार्टीहरुलाई एक ओलीको कदमबिरुद्ध उठ्न आग्रह गर्नुभयो । अध्यक्ष नेपालले ओली भस्मासुर भएको समेत आरोप लगाउनु भयो ।

प्रकाशित मिति २०७७ माघ ९ गते शुक्रबार ११:४७
प्रतिक्रियाहरु